आफै संकलन गरेको १४ लिटर स्तन दूध विमानस्थलमा फ्याँकिएपछि भिडियो हेर्न फोटोमा क्लिक गर्नुस र हेर्नुस भिडियो सहित
उनले लेखेकी छन्, ‘तपाईंले मलाई मेरो छोराका लागि लगभग दुई साताका लागि पुग्ने पर्याप्त पोषणयुक्त भोजन फ्याँक्न बाध्य पार्नुभयो ।’ हिथ्रो विमानस्थलका अधिकारीका अनुसार सरकारी नियमअनुसार नै विमानमा तरल पदार्थ लैजाने नपाउनाले पोख्न बाध्य पारिएको बताएका छन् ।
सोबारेमा बेलायती सरकारले वेबसाइटमा नै जानकारी दिएको बताए ।
यातायात विभागको वेबसाइटअनुसार कुनै पनि तरल पदार्थ १ सय एमएल या त्योभन्दा कम मात्र सानो पारदर्शी बोतलमा बन्द गरिन योग्य झोलामा लैजान सकिन्छ ।वेबसाइटका अनुसार बच्चाका लागि दूध लैजाने अनुमति छ तर त्यसका लागि बच्चासँग आमा पनि सँगै हुनुपर्नेछ ।
मार्टिनेज भन्छिन्, ‘मैले ती नियम हेर्नुपथ्र्यो तर यस्तो नीति चाहिँ मजस्तो कामकाजी महिलाहरूलाई भेदभाव गर्ने नियम हो जस्तो लाग्यो ।’ आफ्नो पोषिलो दूध फ्याँक्दा अब आफ्नो सन्तानलाई पेट भर्न निकै गाह्रो हुने उनले लेखकी छन् ।
‘कामका लागि बाहिर जाँदा त्यो दूध काम लाग्थ्यो तर अब त्यो फ्याँक्न बाध्य पारिएपछि मेरो बच्चालाई बाहिरी चिज दिनुपर्नेछ, जुन त्यति स्वस्थकर नहोला, जति मेरो दूध छ ।’
‘सुरक्षा प्राथमिकता तपाईंका लागि होला तर सुरक्षाका लागि कुनै अर्की महिलालाई किन सजाय दिनुहुन्छ ?’ उनले फेसबुक पोस्टमा लेखेकी छन् ।
सन् २००६ मा तरल पदार्थ प्रयोग गरी सात वटा ट्रान्स एटलान्टिक विमान विष्फोट गर्ने षडयन्त्रको खुलासापछि तरल पदार्थ लैजान बेलायतले प्रतिबन्ध लगाएको हो ।


0 comments
Write Down Your Responses