मेरो श्रीमती जिस्काएको भन्दै राईको यसरी खुकुरी प्रहार गरी हत्या
इलाम, १४ बैशाख । इलाममा अर्काकी श्रीमती जिस्काउने एक जना पुरुषको हत्या भएको छ ।
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा जमुना–१ इङला बस्ने २८ बर्षीय खेम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले सोमबार पाँचथर लुङरुपा
–४ घर भई जमुनामा काम गरी बस्ने ३९ बर्षीय रण बहादुर राईलाई आफ्नी श्रीमतीलाई जिस्काएको भन्दै धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments
Write Down Your Responses