आफ्नै बाबु मामा र आफ्न्तबाटै १३ बर्षिय बालिका बलात्कृत
सुखिलाल चौधरी / उदयपुर –सायद कुनै छोरीले पनि सोच्न समते सकेको हुँदैन कि आफ्नै बाबुले बलत्कार गर्छ । यतिसम्म कि तिनै बलात्कृत बालिका मामा घरमा जाँदा मामाको कुदृष्टिबाट बच्न सकेन र उनी मामाबाटै बलत्कारको सिकार हुन पुगिन ।
उदयपुरको बेल्टार बसाहा नगरपालिकाबाट आफ्नै छोरी बलत्कार गरेको आरोपमा बाबु सहित एक आफन्त पक्राउ परेका छन । स्थानीय स्कुलमा कक्षा ६ मा अध्यनरत १३ बर्षिय बालिकालाई पटक पटक वलत्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले बिहिबार पक्राउ गरेको हो ।
1बालिका बाबु, मामा र दाई नाता पर्ने छिमेकीले ६ महिना अघि देखि डर देखाएर जवरजस्ती करणी गर्ने गरेको पीडितकी आमाले दिएको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिमप्रसाद सिलवालले बताए ।
नले भने ‘मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले मादक पद्धार्थ सेवन गरि छोरीलाईलाई जवरजस्ती करणी गरेको त्यस पछि मामा घरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलत्कार गर्ने गरेको जाहेरीको आधारमा अभियुक्तहरुलाई पक्राउ गरेको हुँ ।’
आरोपी बाबु र छिमेकी दाईलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ भने मामा चाहि रोजगारीको क्रममा जिल्ला बाहिर रहेको बुझिएकाले पक्राउ गरिने प्रहरी निरिक्षक सिलवालले जानकारी दिए । आरोपीहरु विरुद्ध शुक्रबार मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेको छ ।


0 comments
Write Down Your Responses