भूकम्पमा दिवङ्गतहरूको सम्झना हेर्नुहोस फोटो फिचर सहित
काठमाडौँ: गत वर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पनबाट दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आज बेलुका दीप प्रज्वलन गरिएको छ ।
मृत आत्माको चिरशान्तिको कामना गर्दै सर्वसाधरणले बसन्तपुर मैनबत्ती बालेर दीप प्रज्वलन गरेका हुन् । २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७।६ रिक्टर स्केलको भूकम्प जाँदा लगभग नौ हजार मानिसको मृत्यु भएको थियो । दुई हजार २०० भन्दा बढी घाइते हुनुका साथै झन्डै पाँच लाख घर ध्वस्त भएका थिए । हालसम्म चार रिक्टर स्केल र त्यसभन्दामाथिका ४४९ परकम्प गएका छन् ।
भूकम्प गएको एक वर्ष पुगेको अवसरमा सो भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आज दीप प्रज्वलन कार्यक्रमको आयोजना गरियो ।
काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम तथा त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाको विशेष पहलमा आयोजित त्यस कार्यक्रममा सो भूकम्पमा परी मृत्यु भएका आठ हजार ८५६ जनाको सम्झनामा आठ हजार ८५६ वटा दीप सामूहिक प्रज्वलन गरिएको थियो ।
काठमाडौँको दमकल अगाडि माइदेगः, वसन्तपुरमा धरहरा र काष्ठमण्डपको प्रतिमूर्ति बनाउनुका साथै दशअवतार देखाउने देवल, माइदेगः, माद्यो पार्वतीको मन्दिर तथा नगरामा पनि दीप प्रज्वलन गरिएको थियो ।
दीप प्रज्वलनमा झन्डै २०० व्यक्तिले सिन्कामा कपडाले बेरेर घ्यू राखिएको इता प्रज्वलन गरी दीप बालिएको थियो ।


0 comments
Write Down Your Responses