विश्व चर्चित फिल्म हिमालयका क्याराभानका नायक थिन्लेको काठमाडौंमा यसरी अन्त्येष्टि हेर्नुहोस भिडियो सहित

१७ वैशाख, काठमाडौं : विश्व चर्चित फिल्म हिमालय क्याराभानका नायक थिन्ले लेन्डुपको काठमाडौंको टेकुमा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेत, बौद्ध गुरु लगायतले थिन्लेलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 
 थिन्लेको वैशाख १२ गते निधन भएको थियो । थिन्ले डोल्पा सदरमुकाम दुनईबाट आफ्नो गाउँ साल्दाङ हिँडेका थिए । उनी फोक्सुन्डो गाविसको छेक्पामा पुग्दा माथिबाट खच्चडहरु आएका थिए । बाटो अफ्ठ्यारो थियो । घोडामा रहेका थिन्ले छेउँ लागे ।
 तर, खच्चडले धकेलेपछि घोडासँगै उनी भीरबाट लड्न पुगे ।खच्चडहरुको जात नै ठेलमठेल गर्दै हिँड्ने हुन्छ, उनी घोडाबाट झरेर भित्ता पट्टी लाग्न पाएको भए यस्तो दुःखद घटना नहुनसक्थ्यो,’ एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायले भने । तर, थिन्ले छेउँपट्टी परे । र अन्तिमतिरको खच्चडले धकेलेपछि उनी घोडासहित लड्न पुगे र उनको निधन भयो ।घटना भएको भोलिपल्ट प्रहरी पुगेर मुचुल्का उठाएको थियो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालका अनुसार घटनास्थल सदरमुकामबाट झण्डै एक दिनको पैदल दुरीमा छ । पोष्टमार्टम गर्न भन्दै उनको पार्थिव शरीर काठमाडौं ल्याइयो र यतै अन्त्येष्टि गरिएको छ ।
को हुन् थिन्ले ? थिन्ले लेन्डुपको जन्म विक्रम सम्वत १९९९ सालमा डोल्पाको सालाङ गाविसको धावा भन्ने स्थानमा भएको हो । उनी आमा-बुवाका कान्छो छोरा थिए ।
 एमाले डोल्पाका अध्यक्ष रोकायका अनुसार थिन्ले २०२५ मा प्रधानपञ्च समेत बने । बहुदल आएपछि २०५४ मा एमालेमा प्रवेश गरे । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)मा आवद्ध भएर काम सुरु गरेका उनी हिमालय क्याराभान फिल्ममार्फत चर्चित भए । यो फिल्म ओस्कार अवार्डको मनोनयनमा समेत परेको थियो ।

, , ,

0 comments

Write Down Your Responses