बिरामीको ज्यानमाथि यसरी गम्भीर खेलवाड उपचारको नाउँमा यस्तो ठगी होस् गर्नुहोस
जनकपुरको जानकी हेल्थ केयरद्धारा विरामीको गम्भीर खेलवाड जनकपुरको नीजि नर्सिंग होम तथा अस्पतालमा बिरामीको ज्यानमाथि नै गम्भीर खेलवाड गर्दै उपचारको नाउँमा ठगि भईरहेको खुलासा भएको छ । जनकपुरको दशरथ तलाउस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा एकजना बिरामीको मृत्यु भएपछि यस्तो खुलेको हो ।
जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका चिकित्सकले एक नवजात शिशुलाई अर्काको मेडिकल रिपोर्ट अनुसार औषधी लगाएपछि विरामी शिशुको अवस्था गम्भीर बनेको थियो ।त्यसपछि काठमाडौं रेफर गरिएको ती शिशुको अहिले कान्तिबाल अस्तालको आईसीयूमा उपचार भैरहेको छ । महोत्तरीको बर्दिबास निवासी सरस्वती महरालाई प्रश्रव सुरु भएपछि बर्दिबासको सिटी सेन्टरमा प्रसुतिकालागि भर्ना भएका थिए । उक्त सेन्टरमा बच्चाको जन्मपछि उनलाई इन्फेक्सन भएको ठहर गर्दै जनकपुर रेफर गरेको उनका श्रीमान देवरण महराले बताए ।
बच्चाको उपचारका लागि जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा भर्ना गरेपछि उपचारमा खटिएका चिकित्सक तथा अस्पतालको लापरवाहीका कारण जानकी हेल्थ केयरमै भर्ना भएकी इन्द्रदेवी यादवको मेडिकल रिपोर्ट अनुसार औषधी चलाएपछि बच्चा बेहोस भएको थियो ।
बच्चा बेहोस भएलगतै उपचारमा संलग्न चिकित्सक बाल रोग विशेषज्ञ सूर्यनारायण यादवले अर्काको मेडिकल रिपोर्ट अनुसार बच्चालाई औषधी लगाएको स्वीकारोक्तिसँगै जानकी हेल्थ केयरको लापरवाही सतहमा आएको हो । यसअघि पनि जानकी हेल्थ केयरमा बिरामीको स्वास्थ्यसित खेलवाड हुँदै आएको थियो । काठमाडौंस्थित कान्तिबाल अस्पतालमा उपचारका लागि भर्ना भएका बच्चको अवस्था हालसम्म पनि चिन्ताजन नै रहेको छ । आईसीयूमा राखिएका उक्त शिशुलाई अन्यावश्क औषधी लगाएपछि उनको स्वास्थ्य अवस्था झन् विग्रदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बिगतमा पनि पटक पटक विवादमा तानिदै आएको हेल्थ केयरले भने नवजातशिशुको अवस्थाप्रति अनविज्ञता प्रकट गरेको छ ।
यद्यपी उक्त नवजात शिशुको उपचारमा संलग्न चिकित्सक बाल रोग विशेषज्ञ सूर्यनारायण यादवले अस्पतालको कर्मचारीको लापरवाहीका कारण यस्तो अवस्था आएको स्वीकार गरेका छन् ।
बाईट सूर्यनारायण यादव,बाल रोगविशेषज्ञ जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर उनी भने बिरामीले कुनै गुनासो नगरेसम्म आफूले केही भन्न नसक्ने बताउँदै अझै पन्छिरहेका छन् । यता विरामीका आफन्त र सर्वसाधारणहरुले भने उपचारमा चरम लापरवाही गर्ने अस्पताल र चिकित्सकमाथि कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।


0 comments
Write Down Your Responses