मृत्युलाई जितेको मुस्कान यसो भन्छन ढोकामा आइपुग्दा भर्याङ नै थिएन पुरा पढ्नुस
काठमाडौं /अघँखाँची ढाकाबाङका २७ वर्षीय ऋषिराम खनाल गत वैशाख ८ गते दुबई जान काठमाडौं आएका थिए । सात महिनाको छोरा समिर, श्रीमती कविता र परिवारका अरु सदस्यसँग विदा मागेर गाउँबाट हिँडे । चार भाइमध्ये माइला उनी १५ वर्षदेखि घर छाडेर कामको खोजीमा भारत बस्थे ।
त्यहाँ कमाइ राम्रो नभएपछि दुबईमा केएफसी रेष्टुराँमा जान चाहे । काठमाडौं आएर स्वास्थ्य परिक्षण गराए । १४ गते फलइट थियो । बालाजुको सयपत्रि होटलको दोस्रो तल्लको ‘कमन’ कोठामा फ्यानको हावा खाइरहेका उनी भूकम्प आएपछि सबैभन्दा पहिला भागे । ‘ढोकामा आइपुग्दा भर्याङ नै थिएन,’ उनले त्यो क्षण सम्झिए, ‘अनि ढोकाबाट बाहिर हेरिरहेँ । घर भाँसिदै गयो ।
उनी र सँगै रहेका दुई जना साथीहरु च्यापिए । उनीहरुको मृत्यु भयो । साथी र उनको मोबाइल बज्थ्यो । तर, उठाउन सकेनन् । भाग्यवश च्यापिएको ८२ घण्टापछि उनको उद्दार गरेर महाराजगन्जको शिक्षण अस्पतालमा भर्ना गरियो ।
चार दिनसम्म सम्पर्कमा नभएपछि परिवारले माया मारिसकेका थिए । टिभी र पत्रिकामा उनको फोटो देखिएपछि बल्ल परिवारले उनी च्यापिएको थाहा पाए ।
उनले ६ महिना अस्पतालमै बिताए । दुई महिना एक गैरसरकारी संस्थाको आश्रय स्थलमा बसे । चार महिनाअघि कृत्रिम खुट्टा र वैशाखीको सहारामा गाउँ फर्के । आजको कान्तिपुर दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses