के तपाइको जिब्रो केहि खादा पोलेको छ ?यदी छ भने पोलेको जिब्रोलाई कम गराउने यी घरेलु उपाय अपनाउनुहोस

कहिलेकाहीँ आफ्नो गल्तीले चिया, कफी पिउँदा या तातो खाँदा जिब्रो पोल्ने गर्दछ । जसका कारण अन्य परिकार खाँदा पनि अफ्ठ्यारो हुन्छ । 
खानेकुराको स्वाद पनि थाहा पाउन मुस्किल हुन्छ । यसरी जिब्रो जलेको समयमा केही घरेलु उपाय अपनाउँदा शान्त बनाउन सकिन्छ । बेकिङ सोडा बेकिङ सोडा छारीय प्रकृतिको हुने हुँदा जलेको बेला हुने एसिडिटीलाई कम गछृ । त्यसकारण जिब्रो जलनासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु राम्रो हुुन्छ । आइस क्युब यदि जिब्रो पोल्यो भने मुखमा आइस क्युब लगाएर केही बेर चुस्ने । तर, आइस क्युब लगाउनुपहिले त्यसलाई झोल बनाउनु पर्नेछ । 
जमेकै अवस्थामा भए त्यसले जिब्रोको बाहिरी भागलाई असर पुर्याउन पनि सक्छ । चुइगम पेपरमेनट चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरनतर रहँदा पोल्न कम हुन थाल्छ । दही जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ । यसका साथै एक गिलास चिसो दुध पनि पिउन सकिन्छ । मह एक चम्चा मह जिब्रोमा राख्ने ।
 मह एक प्रकारको पकृतिक औषधि हो । यसले पोलेको जिब्रोमा दुखाई कम गर्न मद्दत गर्छ । एलोभेरा जेल एलोभेरा यस्तो जडिबुटि हो, जसले जुनसुकै जलेको ठाउँमा पनि पीडा कम गराउन राम्रो हुन्छ । जिब्रोमा यसलाई आइस क्युबसँग मिलाएर लगाउँदा पनि राम्रो हुन्छ ।

, , ,

0 comments

Write Down Your Responses