के तपाईहरु कपालमा चाया परेर हैरान हुनुहुन्छ ? यदी हुनुहुन्छ भने यी ५ घरेलु उपाय अपनाउनुहोस् ! जनिराख्नुस

ओएस नेपाल, काठमाडौं । कपालमा चाया परेका मानिसहरु निकै हैरान हुने गरेका छन् । यसले मानिसको व्यक्तित्वमा समेत असर गर्ने भएकाले हैरानमा पर्नु स्वभाविक पनि हो । तर, यसलाई हटाउन घरेलु उपाय अपनाएको भने पनि त्यत्ति देखिँदैन ।
 मेडिकल औषधिको प्रयोग पनि फाइदाजनक नभएका कुरा सुन्ने गरिएको छ । चाया परेर हैरान हुनु भएको छ भने यी ५ घरेलु उपाय अपनाउनुहोस् : १. एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने अथवा अमला र रहरको रिठ्ठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने । यो टाउकोमा लगाएको दुई घण्टापछि राम्रोसँग धुने । 
 २. नुहाउनुभन्दा एक घण्टा अगाडि सधैंकागतीको रसले टाउको मालिस गर्ने । ३. कपालमा बास्ना आउने खालका तेल नलगाउने तर नियमित रुपले नरिवलको शुद्ध तेल भने लगाउने गर्ने । ४. आफुले प्रयोग गरेको सामाग्री र काँइयो, ब्रस, तकिया आदि अन्य मानिसलाई प्रयोग गर्न नदिने । ५. रासायनिक स्याम्पुको प्रयोग नगर्ने ।

, , , ,

0 comments

Write Down Your Responses