‘धन देख्दा महादेवकै तीन नेत्र भने झैँ यी दुई युवतीले गरे सबैको मन छुने काम हेर्नुस क काम गरे यस्तो पुरा पढ्नुस

काठमाडौं, १९ वैशाख । ‘धन देख्दा महादेवकै तीन नेत्र ।’ नेपाली समाजमा प्रचलित यो उक्तिलाई उल्ट्याउँदै पूर्वका दुई युवतीले उदाहरणीय काम देखाएका छन् ।
 उनीहरुले दुर्घटनामा मृत्यु भएका एक व्यक्रिले हराएको १२ लाख रुपैयाँ भेट्टाएको नागरिक दैनिकले समाचार छापेको छ । उक्त रकम सम्बन्धित परिवारका सदस्यलाई खोजेर हस्तान्तरण गरे ती युवतीले । बिहीवार राति कोशी राजमार्ग अन्तर्गत धरान इटहरी सडक खण्डमा दुर्घटना हुँदा धरान उपमहानगरपालिका १७ का ओमबहादुर गेलालको मृत्यु भयो ।
 आईएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा त्यति बेला १२ लाख रुपैयाँ रहेछ । घटनापछि पैसासहित गेलालको झोला हरायो । गेलालको मृत्युले परिवाजन शोकमा थिए । साथमा रहेको नगद र कागजात नभेट्टिँदा पीडा झनै थपिएको थियो । 
परिवारजनले हारएको पैसा भेटिने आशा करिब करिब मारिसकेका थिए । तर शुक्रवार चतरामा दाहसंस्कार गरेर फर्कदा गेलाल परिवारलाई चकित तुल्लाउने खबर आयो । धरान–१५ की ज्योति राई र मोरङ उर्लाबारी–८ की सुनिता राईले पैसासहितको झोला भेटेका रहेछन् । उनीहरुले पीडित परिवारलाई शनिवार उक्त हराइएको १२ लाख रुपैयाँ हस्तान्तरण गरे ।

, , , ,

0 comments

Write Down Your Responses