च्वास्स–च्वास्स घोचेजस्तो गरेर टाउको दुख्ने भने कतै तपाईलाई माइग्रेन हुन सक्छ पुरा पढ्नुस र माइग्रेनबाट बच्ने उपायहरु जानिराख्नुस

डा. पंकज जलान माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो । जुन समयसमयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्छ । यो रोगमा टाउकोमा च्वास्सच्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ । माइग्रेन जसलाई पनि हुनसक्छ । तर प्रायः पुरुषको दाँजोमा यो रोग महिलामा बढी देखा पर्छ । माइग्रेनका कारण हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लागिसकेको छैन ।
 तर, यसलाई वंशानुगत रोगका रुपमा पनि लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरुको अनुमान छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रक्तनली र मस्तिष्क वरिपरिका नसाहरु सुन्निन जान्छन् । अन्य कारण बढी मानसिक चिन्ता लिनाले चिया र कफी धेरै पिउनाले समयमा नसुत्नाले गुन्द्रुक, तामा तथा सिसीमा राखिएको पुरानो अचारको सेवनले दुखाई कम गर्ने औषधिहरु बढी मात्रमा (पेनकिलर) को प्रयोग तसर्थ माथि दिइएका तरिकाले माइग्रेन हुने सम्भावना बढी हुन्छ ।
 माइग्रेनका लक्षण माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरु विरामी पिच्छे फरकफरक हुने गर्छन् । तीमध्ये प्रायः टाउकाको एक भागमा मात्र दुख्ने गर्छ र करीव एक तिहाई विरामीमा यो दुखाई टाउकाको दुवै भागमासमेत हुने गर्छ । टाउकोको कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्छ । यसमा टाउको टनटनी दुख्ने कहिलेकाही आँखाका गेडाहरु दुख्ने, निधार र घाँटितिर पनि दुख्ने समस्या देखा पर्न सक्छ ।
 वकवाकी लाग्ने, वान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदिसमेत सहन नसक्ने, हातखुट्टा चिसो हुने आदिसमेत हुनसक्छ । टाउको दुखाई बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चडापन आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाइहाई आइरहने, थकाई लागेजस्तो हुने, मिजासमा एक्कासी परिवर्तन आउने आदिसमेत हुन्छ । ड्ड त्यस्तै टाउको दुखाई सकिएको करीव २४ घन्टासम्म विरामीले थकान महसुस गर्ने र मन्द टाउको दुखाई भने भइरहेकै जस्तो महसुस गर्ने गर्छ । 
माइग्रेन कसरी पत्ता लगाइन्छ ? माथि दिइएका आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायःमा केही पनि खराबी नदेखिने हुन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पनि खासै पर्दैन । यदि माथि दिइएका लक्षणहरु विरामीको दुखाइसँग मेल खाँदैन, भने चिकित्सकले मस्तिष्कसम्बन्धी अन्य कुनै परीक्षण गराउन सक्छन, जस्तैः एमआरआई, सिटी स्क्यान आदि ।
 माइग्रेन रोकथामका उपाय माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले तल दिइएका उपायहरु अपनायौं भने यसको दुखाइबाट धेरै हदसम्म आफूलाई बचाउन सक्छौं । माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने खानेकुरा जस्तैः चिया, कफी, व्राउन चकलेट कम मात्रामा खानु राम्रो हुनेछ । राति एउटै समयमा सुत्ने बानी बसाउने पुरानो अचार, गुन्द्रुक, तामा जस्ता खानेकुरा नखाने, साथसाथै पीरो कम खाने । राम्रा कुरा सोचेर चिन्तालाई मनबाट हटाउन खोज्ने ।
 घाममा धेरै नवस्ने, नहिंडने यदि घामममा हिडनु परे छाता प्रयोग गर्ने । दुखाइ कम गर्ने औषधी (पेनलिकर) को प्रयोग कम गर्ने किनकी त्यस्ताखाले औषधी सेवन बढी गर्नाले टाउको दुखाई एकछिन कम हुन्छ तर फेरि वल्झिन्छ । माइग्रेन हुने विशेष कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । माथि दिइएका उपाय अपनाउँन सके यसको दुखाइबाट केही हदसम्म आफूलाई बचाउन सकिन्छ ।
 साथसाथै टाउको दुखाइको एउटा दैनिक तालिका बनाउन सके अझ सजिलो हुन्छ । किनकि यसले हप्ता वा महिनामा कतिपटक टाउको दुख्ने गर्छ भन्ने थाहा पाउन मद्दत गर्छ । र, यसलाई हेरी चिकित्सकले सजिलोसँग औषधोपचार गर्न सक्दछन् । माइग्रेनको दुखाई बढ्ने कारण कपाल रंगाउनाले कपालमा पुरानो मेथी र तेल लगाउनाले राति समयमा नसुत्नाले कसैलाई च्याउ खाँदा पनि दुखाई बल्झेको पाइन्छ मनमा धेरै कुरा खेलाउनाले । यस लेखकका अनुभवमा बिरामीको जीवनशैलीमा सकारात्मकता ल्याउँदा वा वाञ्चित जीवनशैली अपनाउँदा धेरै खाले माइग्रेन समस्या कम भएर गएको पाइएको छ ।
 नर्भिकमा त्यस्ता रोगीमध्ये धेरैको संख्यामा युवावस्थाका किशोरकिशोरी यस लेखकको क्लिनिकमा आउने गरेको पनि तथ्यांक छ । 
जीवनशैलीमा अपेक्षाकृत सुधार ल्याउँदै उचित खानपान, आहारव्यवहार एवं औषधोपचारका माध्यमबाट माइग्रेनलाई नियन्त्रण गर्नुका साथै पूर्णरुपमा निको पार्न सकिन्छ । त्यस्तो त आजको समृद्ध चिकित्सा विज्ञानसँग त्यस्तो खाले समस्याका धेरै र अत्याधुनिक औषधिहरुसमेत उपलव्ध छन् । ( डा. जलान नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत छन् ।

, , , ,

0 comments

Write Down Your Responses