कोरिया लैजाने भन्दै यसरी करोेडाैं खाएका दलाल अझै फरार ठगिएका ३७ जना युबाहरु अलपत्र
काठमाडाैं, बैसाख १३ । एक बर्ष अघि कोरिया लैजाने भन्दै ३७ जना युवालाई ठग्नेमाथि सरकारले अझै कारबाही गर्न सकेको छैन ।
२०७१ सालको मंसिरमा कोरियाको पानी जहाज कम्पनीमा काम लगाउने भन्दै युनाईटेड कन्सल्टेन्सि एण्ड ट्रेडिङ सेन्टरले ती युवाहरुलाई जनही ८ लाख रुपैंया लिएको थियो ।
श्रममन्त्रालयका ६ जना कर्मचारीको समेत मिलेमतोमा सो कन्सल्टेन्सीले कुल दुई करोड ९६ लाख रुपैंया लिएर भागेपछि यो विषय संसदसम्म आइपुगेको थियो ।
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले मानव तस्करी भएको भन्दै यसबारे चासो देखाएको थियो ।
गतबर्षको ६ बैशाख २०७२ मा समितिले रकम असुल गरी पीडितलाई उपलब्ध गराउन र दोषीलाई कारबाही गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो ।
तर एक बर्ष पुग्दा पनि कुनै कारबाही अघि नबढेपछि समितिले सोमबार श्रममन्त्री दिपकबोहरालाई स्पष्टिकरणका लागि बोलाएको छ ।
समितिमा मन्त्री बोहराले समितिले दिएको निर्देशन बमोजिम काम हुन नकसेपनि आफूले दोषीलाई कारबाही गरेरै छाड्ने बताए ।
अख्तियारले समेत यसलाई छानविन गरेकाले अख्तियारले सबै फाइल लगेको उनले बताए । अख्तियारले निर्णय गरेपछि आफूले कारबाही अघि बढाउने उनले बताए ।
अदालतमा पनि यसबारे मुद्दा चलिरहेको छ ।
समितिका सदस्य हितराज पाण्डेले मन्त्रालयले आँफै ठगेकाले यसको क्षतिपूर्ति त्यसैले तिर्नुपर्ने बताए । सांसद कृष्णबहादुर छम्तेलले समितिले निर्देशन दिदा पनि दोषीलाई कारबाही अहिले सम्म नहुनुमा कुन अदृश्य शक्तिको भुमिका छ यसबारे स्पष्ट पार्नुपर्ने बताए । सांसद ओङदी शेर्पाले ऐन कानुन सबैलाई लाग्नु पर्ने भन्दै मन्त्रालय कै कर्मचारीले ठग्दा किन कारबाही भएन यो कारबाही नगर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । समितिले दिएको निर्देशनको खिल्ली उडाइएको पनि उनले बताए ।
ठगिएका ३७ जना मध्ये सोलुखुम्बुका विज्ञान बस्नेत, शिबकुमार बस्नेत र धादिङका सानुभाई सापकोटा समिति मै उपस्थित थिए ।
सबैसँग सरसल्लह गरेर सरकारी कर्मचारीको पनि सुझाव लिएर पैसा दिइएको सानुभाई सापकोटाले बताए ।
श्रम मन्त्रालयकै कर्मचारीले ४००१ मा एसएमएस गरेर पैसा पठाउन भनेको र त्यसमा आठ लाख रुपैंयाका दरले पठाइएको उनले बताए । सरकारकै कर्मचारीले भनेपछि विश्वास गरेर रकम दिएको उनले बताए ।
श्रम स्वीकृती पाए पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट फर्काइए गत १५ फागुनमा फर्किएपछि मात्रै ठगिएको थाहा भयो अर्का शिवकुमार बस्नेतले बताए ।
२०७१ सालको मंसिरमा कोरियाका लागि सबै प्रक्रिया सकेर २०७१ सालको १५ फागुनमा कोरिया उड्ने भन्दै उनीहरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
त्यहाँबाट फर्काएपछि उनीहरु कन्सल्टेन्सीमा पुगेका थिए । उनीहरुलाई विमानस्थल पु¥याउन पुगेका कन्सल्टेन्सीका कर्मचारी फरार भए पनि उनीहरूले कन्सल्टेन्सीका संचालक अप्सरा श्रेष्ठलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका थिए । उनी अहिले पनि जेल मै छिन् ।
ठगिएका युवाहरु कोही काठमाडौमा भौतारिएको कोही गाउँमा गएर बसेको शिवले बताए ।


0 comments
Write Down Your Responses