मोटरसाइकललाई बचाउन खोज्दा खेरी यसरी जन्तीबस दुर्घटना हेर्नुहोस फोटोफिचर सहित

धनकुटा: कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका वडा नं ३ स्थित आत्मारा नजिकै जन्तीबस दुर्घटना भएको छ। जीतपुरबाट जन्ती लिएर हिडेको को १ प २९३२ नम्बरको (पाथीभारा एक्सप्रेस) जन्तीबस दुर्घटनामा परेको हो।
 दुर्घटनामा परि वस चालक धरान उपमहानगरपालिका वडा नं. १५ का अन्दाजी ४० वर्षीय विजय लामिछानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक विमल वस्नेतले बताए। प्रहरीका अनुसार सडक घुम्तीमा वसले आफ्नै दिशावाट आएको मोटरसाईकलले ओभरटेक गर्दै गर्दा उक्त मोटरसाईकललाई वचाउन खोज्दा दुर्घट्ना भएको अनुमान गरिएको छ।
 बस पल्टिदाँ तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरुमा धनुकुटा-३ बस्ने उमाकान्त पौडेल, हातीखर्क-९ बस्ने कृषणप्रसाद पौडेल र धनकुटा नगरपालिका-३ बस्ने शेखर पौडेल, मुर्तीढुंगा ८ का युवराज सुवेदी, तेलिया ६ का टेकेन्द्र ओझा, तांखुवाका धीरेन्द्र मिश्र लगायत छन्। उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।

, , ,

0 comments

Write Down Your Responses