पढ्नुस भूकम्पको पीडाः मरेको भनौं लास छैन बाँचेको भन्न सास छैन पुरा पढ्नुस
गुल्मी, १२ बैशाख । मोकाइलमा राखिएको उनको तस्वीर हेर्दा भर्खरै कोल्छन कि जस्तो, भागेर बाँचे भन्दै आउन्छन कि जस्तो लाग्थ्यो उनको आफन्तजनलाई ।
तर त्यो आशा टुट्यो जब उनी कार्यरत कार्यालयले नै उनको न सास न लास फेला नपार्दै मृत घोषणा गरे पछि ।
कसरी जिवित छन भन्ने ? गत वर्ष ठिक आजकै दिन बैशाख १२ को महाविनासकारी भुकम्प जाँदा ठुलै पहाड खसेर उनलाई पुरेकै हो । अनि कसरी मृतक भन्ने ? उनको न सास न लास नभेटिएकै हो ।
यस्तो दुविधाग्रस्त अवस्थामा बाँचेका छन र उनको काज किरिया समेत गरेका छन् गुल्मी घमिरका एक परिवारले । उनी अर्थात घमिर घर भई रसुवागढी भन्सार कार्यालयका सुब्बा ३६ वर्षिय खेतबहादुर अर्याल । जो उक्त दिन भुकम्पसंगै त्यस कार्यालयमाथिको विशाल पहाड खसेर पुरिएका थिए ।
उनी मात्र होइन उनीसंगै त्यस कार्यालयका पाँच जना कर्मचारीहरु पुरिएको त्यस काार्यलयले जनाएको छ । उनीहरु सबैका परिवारजनको पीडा एउटै छ आफ्नो मान्छेको न सास देख्नु छ न लास , तर काज किरिया गर्न भने बाध्य हुनु पर्ने । आज ठ्याक्कै एक वर्ष पुरा भएको यस दुखत घडीमा उनै अर्यालयकी श्रीमति प्रकृति बस्नेत अर्यालका केहि कुराहरु राख्न खोज्दा उनी धेरै बोल्न सकिनन् । केही कुरा बोल्दा बोल्दै गला अवरुद्ध पारेर फोन राखिन् ।
त्यस कार्यालयले नै मृतक घोषणा गरेपछि मंसिर महिनामा घर आई आफुले काज किरिया गरेको उनले बताइन् । उनले गला अवरुद्ध पार्दै –‘ कति गते हो भन्ने कुरा त भुले ँ तर मंसिरमा गरेको हो । अहिले भन्सार कार्यालय त्रिपुरेश्वर शाखामा सुव्वा तहको जागिर खाँदैछुु ।’ भन्दै फोन राखिन् ।
उनका परिवारजनले धेरै लामो समयसम्म त्यो कुरा श्रीमति प्रकृतिलाई लुकाएर राखेको बताउछन् । प्रकृतिको माइती गुल्मीकै चारपाला हो । तीन वर्षअघि विवाह भएका उनीहरुको सन्तान नभएकाृे बताइन्छ ।
छ महिनासम्म उनका धेरै जना आफन्तहरुले समेत धुप्रै पैसा खर्च गरेर त्यस पहिरोमा खोजेको तर त्यस कार्यालयले समेत फेला पार्न नसके पछि आशा मारेर काज किरिया गर्न लगाएको नाउनका एक आफन्तले बताइन् ।


0 comments
Write Down Your Responses