कस्तो अचम्म हेर्नुस न १४ जना संग बिहे गरिन यिनले र कसैले सुहागरात सम्म मनाउन पाएनन

एजेन्सी । भारतको राजस्थानकी एक युवतीले १४ पटक विहे गरेको कुरा सार्वजनिक भएको छ । कोटा भन्ने ठाउँकी बन्दना नाम गरेकी एक युवतीले १४ जनासँग विहे गरेकी छिन् ।प्रत्येकजनासँगको सुहागरात कस्तो भयो होला । बिडम्बना सुहागरातमा भने बेहुलाले नसोचेको भयो ।
 १४ वटा श्रीमानमध्ये एउटाले पनि बन्दनासँग सुहागरात मनाउन पाएनन् । बरु सुहागरातकै दिन लाखौंको धनमाल सहित लुटीए । उनले १४ वटै श्रीमानका घरबाट सम्पूर्ण गरगहना र नगद पैसा लुटेर फरार हुने गरेको पाईएको छ । विहेको नाटक गरेर धनसम्पत्ति लुट्ने बन्दनाको यो धन्दामा नै रहेछ जसमा अन्य युवती र महिलाहरुले उनलाई साथ दिएका थिए । 
अन्य महिलाहरुले सेटिङ मिलाउने र बन्दनाले विहे गरेर सुहागरातमा बहाना बनाएर लुट्ने काम गरेको पर्दाफास भएको छ । यसको पर्दाफास बन्दनाका लागि शेटिङ मिलाउने महिला पक्राउ परेपछि भएको हो ।भारतीय सञ्चारमाध्यम नईदुनिया जागरणमा जनाए अनुसार प्रहरीले विभिन्न सहरका पाँच महिलालाई पक्रेको छ । यो अपराधमा मुख्य भुमिका निर्वाह गर्दै आएकी बन्दना भने फरार छिन् ।
 प्रहरीका अनुसार यो गिरोहको सिकार बनेका पीडित कैलाशले भनेका छन् की टाढाका नातेदार हजारीलालले उनलाई सम्पर्क गरेर सुन्दर र सुशील युवतीसँग विहे गरिदिने वाचा गरे । बन्दना नाम भएकी युवतीसँग उनको विहे करिब डेढ लाख रुपैयाँमा तय भयो । सबै कुरा तय भएपछि उक्त गिरोहले माला र सिन्दुर मगाएर त्यही विहेको प्रक्रिया पुरा गरिदिए ।

, , ,

0 comments

Write Down Your Responses