महिला र पुरुष मध्येमा को धेरै सुत्छन त ? याद राख्नुस

बैज्ञानिकहरुले एक स्मार्टफोन एपको माध्यमबाट संसारभरका मानिसहरुको सुत्ने ढाँचाको बिषयमा पत्ता लगाएका छन् । साइन्स एड्भान्सेसमा छापिएको एक अनुसन्धानपत्रका अनुसार पुरुषको तुलनामा महिलाहरु बढि सुत्छन् भने मध्यम उमेरका पुरुषहरु सबैभन्दा कम सुत्छन् ।
 यस अनुसन्धानका अनुसार ३० देखि ६० बर्षको बीचका महिलाहरु पुरुषभन्दा कम्तिमा ३० मिनेट बढि सुत्छन् । युनिभर्सिटी अफ मिसिगनका अनुसन्धानकर्ताहरुले सन् २०१४ मा एन्ट्रेन एप बनाएका थिए । जसको मुख्य उद्देश्य मानिसलाई ‘जेटल्याग’ (लामो समयसम्म विमानमा यात्रा गरेपछि हुने थकान)बाट उन्मुक्ति दिलाउनु थियो । यस एपको प्रयोग गर्ने मानिसलाई उनीहरुको सुत्ने समयबारे अनुसन्धानकर्ताहरुलाई जानकारी दिन पनि विकल्प दिइएको थियो । 
 अनुसन्धानमा सहभागी प्रोफेशर ड्यानिएल फोर्जरले भने कि हामीमाथि राति अवेरसम्म नसुत्ने सामाजिक दवाव छ । तर, हाम्रो शारीरिक अवस्था बिहान छिट्टै उठ्नुपर्ने छ । यसको बीचमा हाम्रो निद्रा त्याग भइरहेको हुन्छ । यसले संसारभरको देशमा निद्रालाई लिएर संकट बढिरहेको हुन्छ ।
 युनिभर्सिटी अफ क्याम्बि्रजका डाक्टर अखिलेर रेड्डीले भने कि अनुसन्धानका अनुसार हाम्रो शरीरको तन्त्र हामीलाई केहि यस्तो गर्न भनिरहेको हुन्छ । तर, सामाजिक स्थितिका कारण हामीले त्यस्तो गर्न सक्दैनौं । यसको परिणाम देखिन थुप्रै समय लाग्न सक्छ । सिफ्टमा काम गर्ने मानिसहरुको निद्रमा खलल पुग्दा डाइविडिज जस्ता रोगसमेत लाग्न सक्ने देखिन्छ ।

, ,

0 comments

Write Down Your Responses