नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी घाइते विमल घर्तीमगर उपचारका लागि बेल्जियम जाँदै
काठमाडौँ, वैशाख २९। नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर आज बेल्जियम जाँदैछन् ।
भारतमा सम्पन्न बाह्राैँ दक्षिण एसियाली खेलकुद ९साग०मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन् ।
बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइँका क्रममा छलफल गर्ने उनले बताए ।
घुँडाको उपचारका लागि आफू बेल्जियम जान लागेको भन्दै विमलले २० दिनको युरोप बसाइँका क्रममा टेनिङका साथै आगामी सिजनका लागि त्यहाँको क्लबमा आबद्ध हुने सम्भावनाका बारेमा आफ्ना एजेन्टको सहयोगमा विभिन्न क्लबसँग छलफल गर्ने बताएका छन् । विमल आज साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । रासस


0 comments
Write Down Your Responses