नासामा नेपाली वैज्ञानिकले यसरी पत्ता लगाए विश्व नै चकित बनाउने तथ्य पुरा पढ्नुस
काठमाडौं, जेठ ९ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डाक्टर सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए।
अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्ष पढे ।
हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्य पत्ता लगाए।
उनको अध्ययनले भन्यो, पृथ्वीको उत्तरी ध्रुब पूर्वतिर तीव्र गतिमा सरिरहेको छ, जुन अस्वभाविक हो ।एसियाको खडेरी र अन्टार्कटिकामा हिउँ पग्लिदा पृथ्वीको सन्तुलन बिग्रिएको उनले पत्ता लगाए।


0 comments
Write Down Your Responses