हेर्नुस यसरी सुरु गर्यो भारत संग मिलेर अमेरिकाले नेपाल र पाकिस्तानलाई भारतमा गभ्ने षड्यन्त्र ! पुरा पढ्नुस

काठमाडौं : अमेरिकाको क्यालिफोर्नियामा अहिले एउटा बहसले चर्को रुप लिएको छ, त्यो पनि त्यहाँका सरकारी कर्मचारहिरुका बीचमा । नेपाल, पाकिस्तान र भारतलाई एउटै देशमा राख्नुपर्ने आवाचका बीच त्यसको पक्ष विपक्षमा बहस चलेको हो ।
 अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार क्यालिफोर्निया प्रान्तमा विद्यालयका पाठ्यपुस्तक संशोधनका क्रममा भारत, पाकिस्तान र नेपालको भुभागलाई पुरै भारत भन्ने कि दक्षिण एसिया लेख्ने विषयमा विवाद भएको हो । क्यालिफोर्निया राज्यको शिक्षा समितिले इतिहास विषयको पुस्तकमा दक्षीण एसियाका बारेमा कसरी लेख्ने भनेर बहस गरिरहेको छ । बहसको मूख्य विषय रहेको छ कि आजको समयमा भारत, पाकिस्तान र नेपालको भुभागलाई भारत भन्ने कि दक्षिण एसिया । किनकि भारत १९४७ सम्म भारत पाकिस्तान एक थिए भने नेपाल अलग । 
केही विद्यार्थीले समितिलाई यी तीन देशको भुभागलाई भारतका अलावा अरु कुनै नयाँ नाम दिनुपर्ने बताइरहेका छन् । कतिपयले भने इतिहासलाई बंग्याउन नमिल्ने भएकाले तीनै देशलाई भारत भन्ने र सन् १९४७ पछि अलग देश बनेको उल्लेख गर्नुपर्ने बताएका छन् । यसै विषयलाई लिएर सामाजिक सञ्जालमा ‘डन्ट इरेज इण्डिया’ नामक अभियान समेत सुरु भएको छ । 
यदि अमेरिकाको नयाँ पाठ्यपुस्तकमा भारत, पाकिस्तान र नेपालको भुभागलाई पुरै भारत लेखिए पाकिस्तान र नेपालको पहिचान मेटिने निश्चित छ । अझ पढाइका माध्यमबाट नेपालका बारेमा जानकारी लिएर नेपाल आउने असंख्य पर्यटकहरुमा प्रभावत पर्छ नै, यो निर्णय गरिए इतिहाँसमा सधैं भारतलाई बचाउन लागिपरेको नेपालको पहिचान अमेरिकामा भने नरहेने पक्का छ । यसका लागि आवश्यक कुटनीतिक पहल समेत गरिनुपर्ने जरुरी छ ।

, ,

0 comments

Write Down Your Responses