हेर्नुस एक महिलाले काठमाण्डुमा यसरी बनाउछिन पुरुष चढेका मोटरसाइकलहेर्नुस भिडियो सहित
घरभित्रको काम र समूहमा भेला भइ कुरा गरेर दिनचर्या बिताउने स्त्रीको रुपमा रहेको महिलाको पहिचान विस्तारै हाम्रो समाजमा हटेर जाँदै छ । देशको तीन प्रमुख पद राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीसमा महिला नै रहेको अवस्थामा महिलाप्रति रहेको सोचाइ पनि विस्तारै बदलिदै गएको त होइन भन्ने महसुस गर्न थालिएको छ ।
यतिमात्र नभएर पछिल्लो समय पुरुषहरुले गर्ने काममा समेत महिला अग्रसर हुन थालेका छन् । महिलाले बलको काम गर्नुहुन्न भन्ने मान्यतालाई ताड्दै उनीहरु घरबाहिरको काममा पुरुषलाई सहयोग गर्ने वा उनीहरुको स्थान लिन थालेका छन् । जसको उदाहरण स्वरुप ललिता आलेलाई लिन सकिन्छ । सरकारी धारास्थित गोरखाली वर्कशप जाने जो कोहीले पनि त्यहाँ पसिना बगाइरहेकी ललितालाई देख्न सक्छ । उनको दिनचर्या वर्कशपमा मर्मतका लागि आउने मोटरसाइकल र स्कुटरका पाटपूर्जा खोल्ने, मर्मत गर्ने गरेरै बित्ने गर्छ ।
काठमाण्डु टुडेको एक टोली त्यहाँ पुग्दा उनलाई स्कुटर बनाइरहेको देखियो । उनीसँगको कुराकानीको क्रममा उनले आफू विगत ५ वर्षदेखि वर्कशपमा काम गरिरहेको बताइन् । वर्कशपमा काम गर्ने प्रेरणा कसरी पाउनुभयो भन्ने प्रश्नमा ललिता भन्छिन्, ‘आफ्नै श्रीमानको पसले भएकाले उहाँले काम गरेको हेर्दै विस्तारै सिक्दै गएँ । नजानेको कुरा उहाँले पनि सिकाइदिनुभयो ।
त्यसैले पनि सजिलो भयो ।काम सिकिसेपछिको आफ्नो अनुभव सुनाउदै उनी भन्छिन्, ‘ग्राहक पसलमा आएर बाइक बनाउने मान्छे खोइ दिदी भनेर प्रश्न गर्थे । मै बनाउछु भन्दा पत्याउदैनथे । कतिपय त फर्केर जान्थे तर कतिपयले मैसँग बनाउन राजि हुन्थे । बनाइसकेपछि उनीहरु दंग पर्थे र मलाई बिलमा उठेको भन्दा बढी पैसा दिदै पछि पनि आउने बाचा गर्थे ।मोटरसाइकल बनाउन कुनै ट्रेनिङ नलिइ आफ्नै श्रीमानको सहयोगले सिकेकी ललिताका लागि अहिले त्यस पेशा जिविकोपार्जनको माध्यम त बनेको छ नै समाजले उनलाई हेर्ने दृष्टीकोणमा पनि परिवर्तन आएको छ ।
काम सिक्न गाह्रो भएन त भन्ने प्रश्नमा उनले भनिन्, ‘यो काम सिक्न निकै गाह्रो भयो । तर, मैले हार खाइन । श्रीमानको साथ भएकाले पनि होला मलाई थप प्रेरणा मिल्ने गथ्र्यो ।आजभोली त जति काम आयो त्यति जाँगर लाग्छ’ उनी भन्छिन्, ‘काम गर्दा रमाइलो पनि लाग्५ । मैले काम गरेको देखेर छिमेकी दिदी बहिनीहरुले समेत हौसला प्रदान गर्नुहुन्छ ।’
श्रीमानसँगको काम गर्दाको रमाइलो क्षण सुनाउदै ललिता भन्छिन्, ‘पहिले पसलमा काम गर्दा श्रीमानले जिस्काउदै अब मलाई हेल्परको आवश्यकता नपर्ने भयो भन्दा लाज लागथ्यो तर आजभोली त यी सबै सामान्य लाग्छ ।’ तस्बिरः चन्द्रबहादुर आले काठमाण्डु टुडे


0 comments
Write Down Your Responses