कोरियन भाषा परीक्षाको उत्तीर्ण नतिजा अब पुनरावलोकन हुने पुरा पढ्नुस थाहापाई राख्नुस

काठमडौं, ३ जेठ । सरकारले सातौं कोरियन भाषा परीक्षामा उत्तीर्णको संख्या पुनरावलोकन गर्न कोरियाको मानव संशाधन विकास समक्ष माग गरेको छ । ६० हजारभन्दा बढी युवा सहभागी हुने परीक्षामा ३१ सय मात्र उत्तीर्ण हुनु अव्यवहारिक भएकाले पुनराबलोकन गर्नु आवश्यक रहेको सरकारको ठहर छ । कारोबार दैनिकले समाचार छापेको छ ।
 आइतबार श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठ र एचआरडी इन्स्पेक्टर जनरल चोई सुङबीच भेटवार्ता भएको थियो । बर्सेनि ६० हजारदेखि ७० हजार युवा कोरियन भाषा परीक्षामा सहभागी हुन तर ५र६ हजार युवाले मात्र रोजगार अवसर पाउने गरेका छन् ।
यो अत्यन्त न्यून भएकाले थप कोटा वृद्धि गर्न माग गरेका छौुं कोरियाको एचआरडीसँगको छलफलपछि ईपीएस कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले भने । उनले कोरियाले कोटा बढाउन छलफल गर्ने जानकारी दिएको जनाए ।

, ,

0 comments

Write Down Your Responses