सुनेको थिए पहिला पहिला छोरी भन्दा आमा तरुनी होइन अहिले हेर्नुस छोरा भन्दा बाबु तन्नेरी
एजेन्सी– यो तस्बिरमा को बाबु, को छोरा ? यो छुट्टयाउने जिम्मा तपाईकै । अर्को जानकारी पनि थपि हालौं यी दुई मध्ये एकको नाम रिन्गो स्टार हो । उनको खास नाम रिचार्ड स्टार्के हो । तर उनलाई धरैले रिन्गो स्टारको नामले चिन्छन् ।
बेलायतमा रिन्गो स्टार भनेपछि उनको परिचयका लागि थप केही भनिरहन पर्दैन । तर तपाई हाम्रो लागि चाहिँ यो आवश्यक छ । रिन्गो बेलायतका गायक, गीतकार, संगीतकार हुन् । र यीनी अहिले ७५ वर्ष पुगे । कालो पहिरनमा हिड्न मन पराउने यी कलाकारले चाँदीका गहना लगाउने गर्छन् । यति भनेपछि माथिको तस्बिरमा दुई औंला देखाउने व्यक्ति बाबु र उनको दाया रहेका उनका ४८ वर्षीय छोरा ज्यासन हुन् भन्ने प्रष्ट भयो ।
यीनी ७५ वर्षका हुन् भन्दा कसैलाई पनि पत्यार लाग्दैन । जब यीनी बेलायतको कुनै सार्वजनिक स्थलमा देखा पर्छन मानिसहरु यीनलाई चासोपूर्वक हेर्छन् । ७५ वर्षको उमेरमा पनि यस्तो फिगरको पछाडिको रहस्यबारे उनले आफ्नी पत्नी बारबरालाई मान्छन् । बारबरा पनि अहिले ६८ वर्षकी भइन् । तर दुवै फिट छन् । बारबरासँगको विवाहले जीवनको रग अहिलेसम्म कायम रहेको रिन्गोको विश्वास छ ।
यस्तो शरिर पछाडिको रहस्य बारबरा मात्रै होइनन् ।
उनी खानपानमा धेरै ध्यान दिन्छन् । उनी उनको खानामा नियमित पर्ने ब्रोकाउली हो । धेरैवर्षदेखि उनी शाकाहारी जीवन व्यतित गरिरहेका छन् । उनी हरेक दिन पसिना आउने गरी सडकमा दोडन्छन् र बिहान ९ बजेदेखि केही समय जिम पनि गर्छन् ।


0 comments
Write Down Your Responses