कस्तो अच्चम महिलाहरुलाई महिनावारी हुदा चाहियो विदा पुरा पढ्नुस बिदा दिने कि नदिने शेर र कमेन्ट गर्नुस
विद्या राजपूत/एभरेष्टदैनिक
“म्यानेजरले मासिक खर्च विवरण तयार गर्न भनेका छन्, उनले ३, ४ घण्टामा त्यो सक्नै पर्छ । बल्लतल्ल पाएको जागिर । तल्लो पेट कटकटी दुखिरहेको छ । गर्ने कसरी ?” एउटा बैंकमा काम गर्ने सुनिताको पीडा । “कामको लोड भएकै बेला महिनावारी हुनुपर्ने ?” उनी पीडा ओकल्छिन् ।
सँगैको पुरुष सहकर्मीतर्फ हेर्छिन् तर केही भन्न सक्दिनन् ।
सुनिता एक्ली होइनन् यो पीडा झेल्ने । अधिकांश महिलाहरुमा महिनावारीका बेला कार्यस्थलमा काम गर्न निकै गा¥हो पर्छ । रगत बढी बग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, थकान हुने, उठ्न बस्न गा¥हो हुने अवस्थाले उनीहरु निकै पीडित बन्छन् । यही पीडा बुझेर हुनसक्ला, कतिपय कम्पनीले महिनावारी भएको बेला विदा समेत दिने गरेका छन् ।
महिला अधिकारका पक्षमा काम गर्दै आएको सञ्चारिका समूहमा कार्यरत प्रतिमा सिलवाल काम गर्न गा¥हो परेपछि म्यासेज पठाएर बिदा लिने गरेको बताउँछिन् । “चितवनमा पत्रकारिता गर्दा सम्पादक पुरुष हुनुहुन्थ्यो, पिरियड भएको नि भन्न नसकिन बिदा दिन माग्नै गाह्रो हुन्थ्यो” उनको अनुभव छ, “ अति पेट दुख्ने, बस्नै गाह्रो हुने र अफिसमा प्याड फेर्ने सजिलो पनि अवस्था नभएपछि म बिदा बस्न थालें । म्यासेजबाट आफू पिरियड भएको जानकारी दिने गर्थें ।” उनले भनिन ।
जापानमा १९४७ देखि नै महिनावारी भएको बेला महिलालाई बिदा दिने घोषणा भएको थियो । त्यस्तै ताइवान र इन्डोनेसियामा पनि महिलाको हकमा बिदा छ ।
राजधानीलगायत कतिपय कार्यालयमा महिलाहरुलाई समस्या प्याड फेर्ने पनि हो । शौचालयमा पानी नहुने, शौचालय नै सर्वसुलभ नहुने, कार्यालयमा भीडभाड, कामको चाप आदि कारणले जसोतसो काम गरेपनि प्याड फेर्ने, सजिलो हुनेगरी यसो बाहिर निस्किने अवस्था रहँदैन । कार्यस्थलमा समस्या बुझेर सहयोग गर्ने भए भने सजिलो हुने महिलाहरुको अनुभव छ ‘काठमाडौं आएपछि पनि पिरियड भएको म्यासेजबाटै जानकारी दिने गरें ।”
प्रतिमा भन्छिन्, “मेरो सम्पादकले एक दुई पटक जतिबेला कामको लोड एकदमै धेरै भएको बेला अफिसमै बसेर काम गर्नु भन्नुहुन्थ्यो । होइन भने सजिलै बिदा दिनुहुन्थ्यो । अहिलेपनि गाह्रो हुँदा म विदा बस्ने गर्छु ।” उनले बताईन ।
सबै महिलालाई महिनावारीमा पेट दुख्छ नै हुन्छ भन्ने चाहिँ होइन, तर यो बेला शारीरिक अवस्था भने अरुबेला सामान्य हुँदैन । त्यसैले अवस्था हेरेर र महिलाको इच्छा अनुसार महिनावारी भएको बेला उनीहरुलाई विदा दिइनुपर्ने आवाज उठिरहेको छ ।
नेपालमा महिलाको नाममा सुत्केरी विदा ३ महिना, नारी दिवस, तिज, रिषी पञ्चमी जस्ता दिनमा बिदा दिइन्छ । तर रजस्वला भएकै कारण महिलालाई बिदा दिइनुपर्छ भन्ने बहस हामीकहाँ चलेको छैन । कार्यलयमा काम गर्ने महिलाहरु भने रजस्वलाको पीडा, दुखाइ, प्याड परिर्वन गर्नुपर्ने समस्या, पानीको समस्या, आदिले रजस्वला समयमा बिदा हुनुपर्ने माग गर्छन् ।
दोलखाको एउटा निर्माण कम्पनीमा काम गर्ने कविता तमाङ्ग महिनावारी भएको बेला बढी पीडा हुने महिलालाई विदा दिइनुपर्नेमा जोड दिन्छिन् । ‘मलाई त खासै गा¥हो हुँदैन तर बढी पिडा हुनेलाई कार्यालयले बुझेर विदा दिने व्यवस्था गर्नुपर्छ ।’ उनको भनाई छ ।
केन्दीय बाल कल्याण समितिमा कार्यरत विपना श्रेष्ठ पनि कामकाजी महिलालाई महिनावारी भएको समयमा विदा दिइनुपर्नेमा जोड दिन्छिन् ।
“सरकारले गर्ला भन्ने आस त छैन, तर नीजि क्षेत्रमा कार्यालय र कर्मचारीको सहमतिमा काम गर्ने समय कम गरेर हुन्छ वा विदा दिएर हुन्छ महिला कर्मचारीको पीडालाई बुझ्ने कोशिस भने पक्कै गर्नुपर्छ । ’विपनाले भनेजस्तै विश्वका कतिपय देशमा नीजि कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई स्वेच्छिक विदा दिने भने गरेका छन् । महिनावारी भएको बेला विदा लिएको समय अरु बेला परिपूर्ति गर्नेगरी उनीहरुले विदा दिएको पाइन्छ । जापानमा १९४७ देखि नै महिनावारी भएको बेला महिलालाई बिदा दिने घोषणा भएको थियो । त्यस्तै ताइवान र इन्डोनेसियामा पनि महिलाको हकमा बिदा छ ।
दक्षिण कोरियामा पनि महिलालाई प्रतिमहिना एक दिन महिनावारी कै कारण बिदा दिइने प्रावधान छ।
महिनावारी भएको बेला विदा दिने र त्यो विदाको समय अरु दिन एक घण्टा काम थपेर या जिम्मेवारी मिलान गर्ने गरी गर्न सके केही अप्ठ्यारो नपर्ने विपनाको मत छ ।
तर यसरी विदा दिँदा शारीरिक रुपमा उनीहरुलाई सजिलो भएपनि ४ दिन विदामा बस्दा महिलालाई नै कमजोर देखाइने भन्ने तर्क पनि केहीले गरेका छन् । सभासद तथा लामो समय महिला अधिकारको लागि आवाज उठाउँदै आएकी अधिवक्ता सपना प्रधान मल्ल भने महिलालाई रजस्वला भएको बेला बिदा दिइनु ठीक नभएको बताउँछिन् ।
‘महिनावारी हुँदा महिलालाई सा¥है पीडा हुन्छ भने कार्यालयसँग विरामी बिदा माग्न सक्छन् । तर महिनावारीको लामो बिदाले महिलाले विभिन्न अवसर गुमाउन सक्छन् ।’
“महिनावरी हुँदा १ दिनमा नभइ ४ दिनको विदा दिइनुपर्छ । तर कार्यालयमा एउटा कर्मचारी ४ दिन विदामा बस्दा उल्टै महिलाको दक्षता र व्यवसायिकतामा प्रश्न उठ्न सक्नेमा हामी सचेत बन्नुपर्छ” उनले भनिन् ।
‘कार्यालयमा ४ दिन विदा लिँदा जागिर नै उम्कन सक्छ त्यसकारण मानसिक रुपले तयार भएर औषधी सेवन गरे सजिलै काम गर्न सकिन्छ’ ।
नियमका रुपमा नै नभइ भैपरि विदाको रुपमा कार्यालयबाट विदा लिन सकिने जिकिर अधिवक्ता निशा बानियाँको छ । “सारै गा¥हो र पीडा हुन्छ भने कार्यस्थलमा विदा लिँदा हुन्छ । तर महिनावारी बार्ने महिला हुनुहुन्छ भने झन गा¥होे महसुस गर्नुहुन्छ यदी बार्नुहुन्न भने कम गा¥हो महसुस हुन्छ । त्यसकारण महिनावारी नबारेकै राम्रो ।”
उनको तर्क छ ।
वरिष्ठ स्त्री रोग तथा गाइनोलोजिस्ट अरुणा कार्की भने विदा नपाइए पेन किलर खाएर काम गर्नुपर्ने बताउँछिन् । ‘कार्यालयमा ४ दिन विदा लिँदा जागिर नै उम्कन सक्छ त्यसकारण मानसिक रुपले तयार भएर औषधी सेवन गरे सजिलै काम गर्न सकिन्छ’ । डा. कार्की भन्छिन् ।
डा. कार्कीका अनुसार खासमा हरेक महिलामा महिनावारीको समय हुने पिडामा फरकपना हुन्छ । कसैलाइ बढी, कसैलाइ कम त कसैलाई दुख्दै नदुख्ने हुन्छ । यस्तो दुखाई कुनै बंशाणुगत हुने कुनै मनोबैज्ञानिक रुपले पनि निर्धारण गर्छ ।
बढी रगत बग्ने, पेट दुख्ने, वान्ता हुने महिलाले भने विषेश ध्यान दिनुपर्ने डा. कार्कीको भनाइ छ । आराम गर्ने, तातो खाने, सफासुग्गर बस्ने, खुल्ला ठाउँमा बस्ने गर्नुपर्छ ।
पछिल्लो समयमा विश्वभरी नै महिनावारीको बेला विदा दिनुपर्नेमा आवाज बढ्दै गइरहेको छ । क्यानाडामा टोरन्टो महिला अध्ययन अनुसन्धानकर्ता यारा डोलेहले महिलाहरूलाई यस सुविधा प्रदान गर्ने विषयमा वकालत गर्न थालेकी छिन्।
लण्डनमा पनि हालै महिलालाइ महिनावारी समयमा एक दिन विदा दिने वा काम गर्ने समय घटाउने प्रावधान कार्यन्वयनमा आएको छ ।
पश्चिमा देशहरुमा पनि महिला अधिकारकर्मीहरुले यस्तो विदाहुनुपर्ने अभियान चलाइरेका छन् । तर नेपाल सहित दक्षिण एसियाका कुनैपनि मुलुकमा निजी वा सरकारी कार्यलयमा यस्तो प्रावधान आइसकेको छैन ।
सन् २०११ मा कामकाजको सिलसिलामा महिलाहरूले बढी बिदा लिने गरेको टिप्पणी गरेकै कारण न्युजिल्यान्डको एउटा ठूलो व्यापारिक संस्थाका अलास्डेर थोम्पसन नामक प्रमुख कार्यकारी अधिकारीको जागिर गएको थियो।


0 comments
Write Down Your Responses