भारतको देहरादुनमा पहिरोमा परी १० जना नेपालीको मृत्यु ६ जना घाइते हेर्नुस भिडियो सहित

काठमाडौं, १० जेठ । भारतको देहरादुनमा आइतबार राति गएको पहिरोमा परी १० जना नेपाली कामदारको मृत्यु भएको छ ।
 स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले देहरादुनको सदरमुकामबाट करिब १५० किलोमिटरमा पर्ने चित्रा गाउँमा आइतबार राति हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरूलाई पहिरोले पुरेको उल्लेख गरेका छन् । 
ओत लाग्न गएका १६ जनामध्ये घाइते ६ जनालाई भने जिवितै उद्दार गरिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 उनीहरु नेपालबाट सडक निर्माणको लागि देहरादुन पुगेका थिए । पहिरोमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम भइरहेको र अन्त्येष्टि पनि त्यही गरिने बताइएको छ । उनीहरु कसैको नाम, ठेगाना र परिचय खुल्न सकेको छैन् ।

, , ,

0 comments

Write Down Your Responses