कस्तो अचम्म पुरुषका अण्डरवेयर र मोजा चोर्ने बिरालो कस्तो होला सुन्दा नि अचम्म लाग्ने पुरा पढ्नुस

हेमिल्टन, एजेन्सी । तपाईका अण्डरवेयर र मोजाहरु एकाएक हराउन थालेपछि तपाईले के शंका गर्नुहुन्छ ? कुनै मानिसले जानीजानी चोरेको तपाईलाई लाग्छ । तर चोर पत्ता लागेपछि र त्यो चोर एउटा बिरालो रहेछ भन्ने थाहा पाएपछि तपाईको प्रतिक्रिया कस्तो होला ? यस्तै भएको छ अहिले हेमिल्टनमा । 
यहाँ पुरुषहरुका अण्डरवेयर चोर्ने अरु कोही नभएर एउटा ब्रिगिट नामक बिरालो रहेको थाहा पाएपछि मानिसहरुले जिब्रो नै टोकेका छन् । बिविसीमा प्रकाशित समाचार अनुसा, यो बिरालोले रातीको अँध्यारोमा पुरुषहरुका अण्डरवेयर र मोजा चोर्ने गर्थी । 
 बिरालोको यो बानी मालकिन सारा नाथुनले थाहा पाएपछि उनलाई निकै पश्चाताप भएर यसबारे फेसबुकमा लेखेपछि यो रहस्य खुलेको हो । साराले ज जसका अण्डरवेयर र मोजा हराएका छन्, त्यसका लागि क्षमा चाहन्छु, बिरालोले लुकाएका सामानहरुमा केही भेटिएर लगेर जान अनुरोध छ । साराले बिरालोले लुकाएका लुगाहरुसँगै बिरालोको समेत तस्वीर सार्वजनिक गरेकी छिन् ।
 साराका अनुहार, एकदिन ब्रिगिटलाई मुखमा मोजा दबाएर जाँदै गरेको बेला उनले पक्रेकी थिइन । न्यूजिल्याण्डमा बिरालोलाई घरमा बन्द गरेर राख्नु आम कुरा होइन, ब्रिगिट नामक ती बिरालीले कुनै पंक्षि या जनावरको शिकार नगर्ने भएकोले उसलाई घरमा राख्ने गरिन्नथ्यो ।

, , , ,

0 comments

Write Down Your Responses