सिंहदरबार मधेसवादी दलको कब्जामा माइतीघरमा यसरी झडप हेर्नुहोस भिडियो सहित
प्रहरीले आन्दोलन बिथोल्न र त्यसलाई उत्तेजक बनाउन खोजे पनि पूर्वघोषित धर्ना र घेराऊको आन्दोलन शान्तिपूर्ण रुपमा जारी छ’ उनले भने– ‘राज्यबाट बहिष्कृत मधेशी र जनजाति समुदायको ऐतिहासिक सहकार्यले पहिचान, अधिकार र संविधान पुनर्लेखनको लागि संघर्षरत आन्दोलनकारीले आज सिंहदबार कब्जा गर्न सफल भएका छन् ।’
माइतीघरमा झडप
यसैबीच संघीय गठबन्धनको सिंहदरबार घेराउनको क्रममा माइतीघर मण्डलमा झडप भएको छ । प्रहरीले हस्तक्षेप गर्न खोजेपछि सामान्य झडप भएको प्रेस संयोजक चौरासियाले बताए । त्यसक्रममा आन्दोलनकारीले एउटा बसमा तोडफोड समेत गरेका थिए ।
मोर्चाका कार्यकर्ताले निषेधित क्षेत्र पार गर्न खोज्दै प्रहरीको लगाएको तारजाली हटाउन खोजेपछि झडपको स्थिती सिर्जना भएको र कसैलाई पनि चोट नलागेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


0 comments
Write Down Your Responses