भारत भन्छन सिद्धार्थ गौतम एक मात्र मधेसी हुन जसलाई केपी ओलीले आफ्नो साथमा राख्न चाहन्छन पुरा पढ्नुस सबैको प्रतिक्रया दिनुहोस
वैशाख : जेठ ६ र ७ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भारतले बहिष्कार नै गरेको छ । संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सम्मेलनमार्फत ‘लुम्बिनी बुद्धको जन्मस्थान’को सट्टा ‘लुम्बिनी–बौद्ध धर्मको शीर’ भन्ने प्रष्टयाउन खोजेको छ ।
यो कुरा जानकारीमा पाएर भारतले सम्मेलनको विरोध गरेको भारतमा चर्चा सुरु भएको छ ।
भारतीय सञ्चारमाध्यम क्याचन्युज डटकममा प्रकाशित समाचार अनुसार चीनले सहभागी जनाउने भएका कारण भारतले सहभागी नजनाउने भएको हो । समाचार अनुसार भारतका कुनै पनि सरकारी अधिकारी सम्मेलनमा सहभागी नहुने भएका छन् । त्यो समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इरानमा हुने उल्लेख छ ।नेपालको संस्कृति मन्त्रालयले सम्मेलन र लुम्बिनीमा बुद्ध जयन्तीका लागि १५ लाख डलरको सहायता चीनबाट लिएको आशंका भारतीय संस्थापनको रहेको छ ।
रकमको एक अंश चीनको माउन्ट वुटाइ, माउन्ट इमेइ, माउन्ट पुटुओ र माउन्ट जिउहुवामा रहेका चिनियाँ धार्मिक स्थलहरुमा अवस्थित चार ठूला गुम्बाहरुमार्फत चन्दाका रुपमा हस्तान्तरण गरिएको समाचारमा उल्लेख छ । यसैगरि चीनको बुद्धिस्ट एसोसिएसन, लुम्बिनीस्थित चाइनिज टेम्पल र काठमाडौंमा रहेका विभिन्न चाइनिज होटल तथा वाणिज्य एसोसिएसनहरुमार्फत सहयोग भएको उल्लेख छ ।
नेपालका उग्र राष्ट्रवादीहरु सिद्धार्थ गौतमले भारतमा रहेको बोधगयामा ज्ञान प्राप्त गरेको तथा आधुनिक भारतमा उनको जन्म भएको कुरा सुन्दा मात्रै पनि उत्तेजित हुने समाचारमा उल्लेख छ ।
लेखमा उल्लेखभए अनुसार ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अहिले के तर्क गर्छन् भने यदि बुद्धले लुम्बिनीमा नै ज्ञान प्राप्त गरेका थिएनन् भने उनी कसरी आफ्नो परिवार, राजमुकुट र आफ्ना बहुमूल्य वस्तुहरु त्याग गर्न सफल हुन्थे ?’
यस्तै संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द प्रसाद पोखरेलले बोधगयामाथि लुम्बिनी हावी गराउन नेपाल र चीनबीच पुलको काम गरिरहेको दावी गरेको छ । यस्तै अनलाईनमा प्रकाशित समाचार अनुसार लुम्बिनीमा ठूलो संख्यामा चिनियाँहरुको उपस्थिति हुने गरेको र त्यो उपस्थिती भारतीयहरुका लागि चिन्ताको विषय बन्ने गरेको छ ।
समाचारमा उल्लेख छ ‘सिद्धार्थ गौतम एक मात्र मधेसी हुन् जसलाई केपी ओली आफ्नो साथमा राख्न चाहन्छन् ।’


0 comments
Write Down Your Responses