जनिरख्नु पर्ने कुरा झाडापखाला लागेमा के खाने के नखाने के गर्ने के नगर्ने पुरा पढ्नुस खबर
पखाला पखला लाग्यो भनेको हामीले सुनेका र आफैले पनि भोगेकाले यो रोगमा दिनभरि दिसा लाग्छ, दिसाबाट पातलो पानी जस्तो तरल पदार्थ बग्दछ । यसले मानिसलाई साह्रै दुःख र हैरानी बनाउँदछ ।खासगरी दिनमा तीन देखि चार पटक भन्दा बढी पातलो दिशा लाग्योपखाला रोग लागेको कसरी थाहा पाउने ?
पखला लाग्नुभन्दा पहिला बिस्तारै पेट दुख्नु। कहिले थोरै गाढा त कहिले पातलो पानी जस्तो दिसा आउनु।
पखाला लाग्दा चौलानी जस्तो सेतो आउ आउनु | कहिले काही पखाला लाग्दा रातो आउ वा रातो मासी पनि आउँ सक्छ | दसा आउँदा पातलो भै पानी जस्तो पिचीरीक्क आउनु। दिशा बसी सके पछी पनि फेरी बसु बसु जस्तो लाग्नु (Tinusmus ) हुनु | पेटमा दुखे जस्तो हुनु । जिब्रोमा सुख्खापन देखिनु। पानीको प्यास लग्नु। हिँड्न गाह्रो भै जहाँ पायो त्यहिं बसौँ जस्तो हुनु।
पखाला लाग्नुको कारण:
- मौसमको परिवर्तनको कोरणले‚ कहिले तोतो र कहिले चिसो हुनाले । सडे गलेको बासी ढुसी परेको खानेकुरा खानाले । आफ्नो पाचन शक्तिले पचाउन नसक्ने खानेकुरा खाएमा । पचाउन नसक्ने खानेकुरा तेलमा तारेको भुटेको, भट्मास, चिल्लो खानेकुरा, धेरै नुनिलो, धेरै पिरो र मसला धेरै भएको खानेकुराले गर्दा । खाना खँदा धेरै खानु पहिला खाएको खानेकुरा नपच्दै खाना खानु । दूषित पानीको प्रयोगले पेटमा जुका परेको कारणले । मुख्य कारण साबुन पानीले हात नधोइकन खाना खानाले ।
पखाला लाग्यो भने के खाने त ?
जीवनजलको पानी सकेसम्म पिउने । खाना खाँदा भात, दही अथवा नरम खालको जाउले खानु पर्छ । झोलिलो पदार्थ जस्तै चामलको चौलानी, मसुरोको दाल अथवा कुनै गेडागुडीको रस बनाएर पिउनु पर्दछ । लौकाको तरकारी अथवा दहि फिटेर खाने । जुसमा कागती,अनार, मौसम, सुन्तलाको रस खाने । जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर पानी बनाई पिउने । काँक्रो अथवा पाकेको मेवा, गुलियो स्याउदाना खानुपर्दछ ।
अहिले बजारमा सर्वत्र पाइने बेलको सर्वत बनाएर खाँदा पनि हुन्छ । बजार मा धेरै थरिका झाडा पखालाका औषधि पाइन्छ तर दिशा चेक गरेर मात्र औषधि खाए राम्रो हुन्छ यदि हामि कहाँ ल्याब को ब्यबस्था छैन भने हामीले (MetronDF500 mg ) ठुलो मान्छे हरु को लागि खान सकिन्छ | बच्चा हरु को लागि पनि यसैको झोल औषधि मात्र मिलाएर खुवाउन सकिन्छ तर स्वास्थ्यकर्मी लाइ सल्लाह गरेर खाँदा राम्रो हुन्छ |
पखाला लागेमा कस्तो खानेकुराहरु नखाने ?
पेयपदार्थको रक्सी, चिया, कफी र दुध नपिउने ।
फ्रिजमा राखेको खानेकुरा बाहिर निकालेर तुरुन्तै नखाने । अमिलो अचार, आलु, भान्टा कोभी नखाने । सलादमा केही समय पहिल्यैदेखि काटेर राखेको सलाद नखाने । झिंगा बसेको खुल्ला नछोपिकन राखेको धुलो मैलो परेको खानेकुरा नखाने । बांसी र सडेगलेका खानेकुरा हरु नखाने |
झाडापखालाको रोकथाम कसरी गर्ने ?
पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने । पेटलाई तातो कपडाले छोपेर राख्ने ।
खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर मात्र खाने । हातको नङहरु समय समयमा काटी रहने । घरेलु औषधीको रुपमा प्याजलाई पिधेर नाइटोनेर लेप बनाएर लगाउने । दिसा पिसाबलाई रोकेर नराख्ने । कहिले काही चिसोको कारणले गर्दा पनि झाडा पखाला लाग्ने भएकाले चिसो बाट बच्नु नै राम्रो कुरा हो | बासि र सडेगलेका खाने कुरा हरु नखाने |
तरकारी हरु पखालेर वा काँचो तरकारी लाइ तातो पानीले धोएर खाएमा राम्रो हुन्छ | आदरणीय मित्र हरु झाडापखाला लाग्ने मुख्य कारण पानि ले गर्दा हुने भएकाले पानि शुद्दीकरण र उमालेर खानाले झाडापखाला लाग्ने ९० % कारण बाट बच्न सक्छौ | भने यो पखाला वा रातो आउ पर्यो भने रातो मासी पनि भनिन्छ |


0 comments
Write Down Your Responses