चीन बन्यो नेपालको लागि विश्वकै पहिलो सहयोगी देश पुरा पढ्नुस
आफुलाई नेपालको सबैभन्दा छिमेकी देश भनेर बताउने भारत सहयोगी शीर्ष पाँच मुलुकभित्र परेन
नेपाललाई सहयोग गर्ने विश्वका देशहरुमध्ये चीन सबैभन्दा अगाडि आएको छ ।
नेपाल सरकारको आधिकारिक विकास सहयोग ओडीए को रिपोर्ट अनुसार सन् २०१४ –२०१५ को तथ्यांकमा चीन सबैभन्दा अगाडि देखा परेको छ ।
केही वर्ष अगाडि भारत सबैभन्दा अगाडि थियो भने अहिले धेरै पछाडि परेको तथ्यांकले देखाएको छ ।
इतिहासमा पहिलो पटक सन् २०१४–१५ को तथ्यांकमा नेपाललाई सहयोग गर्ने शीर्ष पाँच देशको सूचीमा भारत परेको छैन ।
नेपाललाई सहयोग गर्ने विश्वका शीर्ष देशहरुमा पहिलो स्थानमा चीन रहेको छ । त्यसपछिका देशमा वेलायत, अमेरिका जापान र स्विटजरल्याण्ड रहेका छन् ।
चीनले सन् २०१४–१५ मा नेपाललाई ३७.९५ मिलियन डलरको सहयोग गरको छ भने भारतले २२ मिलियन डलर मात्र सहयोग गरेको छ ।
जहाँ कि भारतले नेपाललाई सबैभन्दा नजिकको छिमेकी देश भनेर चिन्ने गरेको छ ।
यस अघि भारतले नेपाललाई निकै माथिबाट सहयोग गरेको थियो ।
सन् २०१०–११ मा भारतले नेपाललाई ५० मिलियन डलरभन्दा बढी सहयोग गरेको छ । त्यो २०११–१२ पनि त्यही दरमा सहयोग गरेको छ ।
त्यो भन्दा बढेर सन् २०१२–१३ मा ६३ मिलियन डलरभन्दा बढी सहयोग गरेको छ । तर त्यसको एक वर्षपछि भारतले आधाभन्दा बढी सहयोग दर घटाएको छ ।
जसका कारण नेपाललाई सहयोग गर्ने शीर्ष पाँच स्थानमा भारत पर्न सकेको छैन । भारतले नाकाबन्दी लगाएपछि नेपाललाई चीनले निकै माथिबाट सहयोग गरेको देखाइएको छ ।
यसरी भारतले नेपाललाई हेपाहा दृष्टिकोणले हेरे पनि अर्को छिमेकी देश चीनले सहयोग गर्न सक्छ भन्ने यो राम्रो उदाहरण हो ।


0 comments
Write Down Your Responses