के तपाई स्तन दुखाईले चिन्तामा हुनुहुन्छ ? यदी हुनुहन्छ भने अब यसरी उपचार गर्नुहोस जनिराख्नुस

महिलाहरुमा खासगरी महिनावारीको समयमा र कुनै हर्मोनमा आउने बदलाबका कारण स्तन दुखाईको समस्या देखिन्छ । केही घरेलु उपायहरु अवलम्बन गरेमा यसबाट छुटकारा पाउन सकिन्छ । १.आइस प्याक स्तन दुखाईबाट छुटकारा पाउनका लागि तपाई आइस प्याकको प्रयोग गर्न सक्नुहुन्छ । दिनमा दुई देखि तीन पटकसम्म आइसप्याक प्रयोग गरेमा यसबाट विस्तारै छुटकारा मिल्न सक्छ । २. मसाज स्तन मसाज दुखाई कम गर्ने एक राम्रो उपाय हो ।
 यसले स्तनमा जति ब्लड सर्कुलेसन बढाउँछ त्यति नै फाइदा हुन्छ । नुहाउने क्रममा कुनै राम्रो साबुन वा लिक्विड सोपले स्तन मसाज गर्न सकिन्छ । यसका साथै तेल हल्का तताएर कपुर मिलाएर मसाज गरेपनि स्तन दुखाईबाट छुटकारा पाउन सकिन्छ । ३.क्यास्टर तेलले मसाज क्यास्टर तेलमा रिसिनालेइक एसिड पाइन्छ, जो स्तनको दुखाई कम गर्नका लागि फाइदाजनक हुन्छ । तर क्यास्टर तेललेमात्रै मसाज गर्नु चाँही ठिक हुँदैन । यसमा अर्को साधारण तेल मिसाएर मसाज गर्नु फाइदाजनक हुन्छ । ४.भिटामिन इ को सेवन भिटामिन इ र भिटामिन बी–६ खाँदा स्तन दुखाईबाट छुटकारा पाउने राम्रो उपाय हो । घरमै हुने भिटामिन इ र बी–६ पाइने खानेकुराहरु खाएमा राम्रो हुन्छ । 
तपाईले चाहेमा भिटामिन क्याप्सुल समेत प्रयोग गर्न सक्नुहुन्छ । ५.म्याग्निसियम महिनावारीको समयमा स्तनको मांशपेशी खुम्चिने हुन्छ । यसकारण स्तन दुख्ने समस्या हुन्छ । यस समयमा म्याग्नेसियमको सेवन गर्नुभएमा दुखाई कम हुन्छ । हरियो सागपात, फलफुलको बीउ, कालो चकलेट खाएमा यो शरीरमा आपूर्ति हुन्छ । स्तनको दुखाईबाट बच्नका लागि अन्य उपायहरु पनि अपनाउन सक्नुहुन्छ –सहि ब्राको छनोट गर्नु आवश्यक छ । 
सम्भव हुन्छ भने तारवाला ब्रा नलगाउनु राम्रो हुन्छ । –ब्यायामका समयमा स्पोर्ट ब्रा लगाउनुहोस् । –पानी धेरै पिउनुहोस् । –स्तनलाई कहिल्यै पनि वेवास्ता नगर्नुहोस् । महिनामा दुई देखि ३ पटक सम्म स्तन परीक्षण गर्नु राम्रो हुन्छ । कुनै समस्या देखिएमा डाक्टरसँग परामर्श लिनुहोस् ।

, , ,

0 comments

Write Down Your Responses