चीनलाई घेराबन्दी गर्ने अमेरिका र भारतको यस्तो तयारी नेपालमा असर पर्ने पुरा पढ्नुहोस
काठमाडौं, १२ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २७ गते संयुक्त राज्य अमेरिकाको राकीय भ्रमणमा जाने र उक्त भ्रमणबाट फर्किएपछि नेपालमा उत्पन्न समस्या समाधानका निम्ति मोदीले विशेष तत्परता लिने विश्वास नेपाल र भारतका बुद्धिजीवी एवम् विश्लेषकहरूले गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी बाराक ओबामा राष्ट्रपति भएयताका आठौँ वर्षभित्र राजकीय भ्रमणका निम्ति निमन्त्रणा पाउने नवौँ विदेशी नेता हुन् ।
घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
मोदीको भ्रमणलाई अमेरिकाले उच्च महत्व दिने तयारी गरेको बुझिएको छ । यो भ्रमणमा मोदीले अमेरिका र भारतबीचको सम्बन्धलाई सुदृढ तुल्याउन र एसियामा भारतले आफ्नो हित तथा क्षेत्रीय शान्ति र स्थायित्वको लागि चाल्ने कदमप्रति अमेरिकी साथ प्राप्त गर्ने परिस्थिति निर्माण गर्न सफल हुने ठानिएको छ ।
चीन र अमेरिकाबीच एक प्रकारले शीतयुद्ध प्रारम्भ भइसकेको परिपे्रक्ष्यमा भारतलाई राष्ट्रसंघ सुरक्षा परिषदको सदस्य बन्ने मार्गमा चीनले भिटो रसियाको समर्थन प्राप्त प्रयोग गरेर रोक्नु, एक व्यक्तिलाई आतंककारी घोषणा गरी कारबाहीको दायरामा ल्यान भारतले गरेको प्रस्तावमा चीन बाधक बन्नु र पाकिस्तानलाई आणविकलगायत अन्य सायहोग गर्न चीन आक्रामक रुपमा अघि बढ्नुले भारत र चीनबीचको मनोमालिन्य बढाएको छ ।
यस्तो पृष्ठभूमिमा भारतका प्रधानमन्त्रीलाई अमेरिकाले उच्च महत्वका साथ राजकीय भ्रमणका लागि आमन्त्रण गर्नुले दक्षिण एसियालगायत आसपासका एसियाली मुलुकको राजनीतिमा कुनै न कुनै रुपको प्रभाव पर्न सक्ने संकते दिएको छ ।
यसअघिको ब्रिटेनको भ्रमणमा मोदी जानुहुँदा बेलायती प्रधानमन्त्रीसँगको संयुक्त वक्तव्यमा नेपालसम्बन्धी व्यहोरा उल्लेख भएको, त्यसको केही समयपछि युरोपियन युनियन र भारतको संयुक्त वक्तव्यमा पनि नेपाको समस्या तथा समाधान बारे साझा धारणा प्रकट गरिएको र संयुक्त राज्य अमेकिाले यसअघि नै माअोवादी द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाप्रति चासो प्रकट गर्दै गत असोज ३ गते जारी भएको संविधानबारे रिजर्भेसन देखाएको पृष्ठभूमिमा भएको मोदीको यस भ्रमणका क्रममा पनि नेपालबारे भारत र अमेरिकाबीच साझा धारणा बन्ने सम्भावना प्रबल छ ।
सत्तामा रहेका वामपन्थी कम्युनिष्टहरूले भारतसँग दूरी बढाउँदै चीनसँग लहस्सिएको विषयलाई भारत र अमेरिका दुवै मुलुकले गम्भीरतपूर्वक लिएको विश्वास विश्लेषकहरुले सगरेरका छन् ।


0 comments
Write Down Your Responses