राजेन्द्र महतोको यस्तो चुनौति के ठान्नु हुन्छ ओलीजी आफूलाई ? हिम्मत भए मैदानमा आउ हेर्नुस भिडियो सहित
काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित सिंहदरबार घेराऊ कार्यक्रमलाई तमाशा भन्दै कार्रवाही गर्ने चेतावनी दिएपछि मोर्चाका नेताहरूले प्रम ओलीको बयान प्रति कडा आपत्ति जनाएका छन् ।
सिंहदरबार दक्षिणी गेटतिर धर्नाको नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनकारीविरूद्ध कार्रवाही गर्ने चुनौती दिएका छन् ।
प्रम ओलीप्रति निकै आक्रोशित बनेका महतोले मधेशी जनजाति लगायतको आन्दोलनलाई कम नआंक्न आग्रह गर्दै आफूहरूको मांगप्रति गम्भीरता देखाउन अपील गरे । ‘प्रधानमन्त्रीले हाम्रो आन्दोलनलाई तमासा भन्ने हो ।
के ठान्नु हुन्छ ओलीजी आफूलाई ? आक्रोशित हुंदै महतोले संचारकर्मीलाई भन्दै थिए– सारा पावर उनी संगै छ ।
अनि केको घुर्की देखाएको होला ? हिम्मत छ भने आन्दोलनकारीमाथि कार्रवाही गरेर देखाउन ।
ओलीले पहिला पनि मधेशी जनजाति आन्दोलनको मजाक उडाएका आरोप लगाउँदै महतोले अगाडि भने– ‘पछिल्लो पटक मधेशी मोर्चाद्वारा गरिएको मानव शृंखलालाई माखे श्रृंखला भन्ने ओली अहिले हाम्रो शान्तिपूर्ण प्रदर्शनलाई तमासा भनेका छन् । प्रधानमन्त्रीलाई तमासा हेर्न शौख छ भने भोलि हामी बालुवाटारमा यो तमासा देखाउने छौं र हिम्मत भए कारवाही गरेर देखाउन ।


0 comments
Write Down Your Responses