अत्यन्तै दुखद खबर जहाँ लमजुङमा यसरी भयो बस दुर्घटना मृत्यु हुनेको संख्या ९ पुग्यो १२ जना गम्भीर घाइते हेर्नुस भिडियो सहित
लमजुङ, ६ जेठ । लमजुङमा विहीबार अपराह्न बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
घटनास्थलमा रहेका सोतिपसल प्रहरी चौकीका प्रमुख असई जितबहादुर थापाले दुर्घटनामा मर्नेको संख्या ९ पुगेको जानकारी दिए ।
उनका अनुसार मध्यनेपाल नगरपालिका अन्तर्गत तान्द्राङटक्सार र जिताको सीमामा पर्ने तारेभीरमा तनहुँको सदरमुकाम दमौलीबाट जिताका लागि छुटेको ना ६ ख ४१३६ नम्बरको यात्रुवाहक बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । बस भीरबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बसमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन् ।
घाइतेलाई अस्पताल पुगाइएको र अवस्था चिन्ताजनक रहेको प्रहरी असई थापाले बताए ।
यसकारण भयो दुर्घटनाः
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सहचालक (खलासी)ले गाडी चलाउँदा दुर्घटना भएको खुलेको छ । बसका जिवित यात्रुहरुले पनि बस खलासीले चलाएका कारण भिरबाट खसेको बताएका छन् ।
घटनालगत्तै चालक सुरज बिक फरार रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी, स्थानीय बासीको भीड लागेको छ । बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।
को–को परे ?
मृतकहरु
रमा गुरुङ
रामकृष्ण गुरुङ
चिनुमाया गुरुङ
राजिव गुरुङ
शेरबहादुर खवास
गणेश गुरुङ
मीना कुमारी गुरुङ
सविना खवास
नारायण थापा
मृतक सबै मध्यनेपाल नगरपालिका १–जिताकोटका हुन् ।


0 comments
Write Down Your Responses