घूस नदिएको भन्दै भारतीय प्रहरीबाट नेपाली चालकलाई यसरी निर्घात कुटिए हेर्नुहोस भिडियो सहित
वीरगन्जः घूस नदिएको भन्दै भारतीय प्रहरीले केही दिनयता नेपाली चालकहरुमाथि कुटपिट गर्ने क्रम तीब्र पारेका छन् ।
रक्सौलमा रहेको भारतीय प्रहरी थानाका इन्चार्ज प्रहरी निरीक्षक इन्स्पेक्टर राजेश्वर प्रसाद साहले गत म्ङगलबार एकजना र बुधबार चारजना नेपाली टयाङ्कर चालकहरुलाई मरणासन्न हुने गरी कुटेका थिए । इन्स्पेक्टर साहले मङगलवार ४ ख २८०६ नम्बरको ट्याङ्करका चालक बाबु तामाङलाई र बुधबार अरु चारजना चालकलाई कुटेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज डिप्पोका प्रमुख खिलेन्द्र कार्कीले बताए ।
रक्सौलका इन्स्पेक्टर साहले घूस बापत मागेको रकम नदिएपछि त्यसैको निहुँमा नेपाली टयाङ्कर चालकलाई कुटेको कार्कीले बताए ।
भारतीय प्रहरीले नेपाली ट्याङ्कर चालकसँग असुल्दै आएको रकम बढाउन दबाब दिँदा चालकहरुले नमानेपछि कुटपिट गरेको नेपाल पेट्रोलिय ढुवानी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मनोज दासले बताए ।
‘पैसा खान नपाएको झोंकमा भारतीय पुलिसले कुटेको हो’, उनले भने, ‘यसबारेमा नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीसँग कुराकानी भइरहेको छ ।
बरौनीबाट नेपालका लागि इन्धन लिएर आउने ट्याङ्कर चाकलसँग रक्सौल प्रहरी थानाका इन्चार्जले प्रतिट्याङ्कर तीन सयदेखि पाँच सय भारु रुपैयाँ असुल्दै आएका छन् ।
अहिलेका इन्स्पेक्टर साह केही दिनअघि मात्र अन्यत्रबाट सरुवा भएर रक्सौल प्रहरी थानामा आएका हुन् ।
‘भारतीय इन्स्पेक्टरले घूसकै लागि नेपाली चाकलहरुलाई कुटेका हुन्, ‘दासले भने, ‘जब जब नयाँ इन्स्पेक्टर आउँछन्, तब तब शुरुमा यस्तै कुटपिट हुन्छ । रकम बढाइदएपछि फेरि पहिलेको जस्तै सबै सामान्य हुन्छ ।’
भारतीय प्रहरीबाट कुटिएका चालक र पेट्रोलियम ढुवानी व्यवसायीहरुले बिहीबार पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराएको पेट्रोलिय ढुवानी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष दासले बताए ।
घटनाबारे जानकारी पाएपछि प्रहरी उपरीक्षक श्रेष्ठले रक्सौलका डिएसपी राकेश कुमारसँग छलफल गरेका थिए ।
‘भारतीय डिएसपीले दोषी इन्स्पेक्टर साहलाई त्यहाँबाट तत्काल हटाउने आश्वासन दिएका छन्’, दासले भने, ‘तर हामीलाई उसको कुरामा विश्वास लागेको छैन ।’


0 comments
Write Down Your Responses