बेरोजगार युवालाई खुसीको खबर बेरोजगार भत्ताको प्रमाणपत्र धरौटी राखेर सरकारले दिने भयो ऋण हामीले के के गर्नुपर्छ ऋण लिनको लागि पुरा जानकारीको खबर पुरा पढ्नुस
वैशाख : भारतले लागभग ६ महिना नाकाबन्द गर्दा पनि नझुकेको ओली सरकार समय समयमा आफ्नै अभिव्यक्तिले आलोचनाका पात्र भने बनी नै रहयो । बुझेर होस या नबुझेर आलोचना गर्नेको कमी भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल कुदाउने देखी चुल्होमा ग्याँसका पाईप फिट गर्ने सम्मका कुराले आलोचीत बनाईनै रहयो । फेरी अर्को अभिव्यक्ति आएको छ ।
त्यो पनि आलोचनाको विषय बन्ने हो वा पार लाग्ने हो त्यो भने हेर्न बाँकी नै ।
ओली सरकारले नै ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा पनि विभिन्न योजनाहरुलाई प्राथमिक्तामा राखेको बताइएको छ । आर्थिक वर्ष २०७३र७४ को बजेट तथा कार्यक्रममा जनतासँग सीधा सम्बन्ध राख्ने योजनाहरूले उचित ठाँउ पाएका छन् । बेरोजगार भत्ता, बृद्धआफ्नो गाउँ आफै बनाउ भन्ने शिर्षकमा प्रतेक गाउँ बिकास समितिलाई एक करोड सम्म बजेट बिनिमय थालेको छ ।
नगरपालिकाहरुलाई ३ करोड र उपमहानगरपालिकाहरुलाई ५ करोड र महानगरपालिकालाई ७ करोड बिकास बजेट दिने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
त्यसैगरी दिवंगत कम्युनिष्ट नेताहरूको नाममा विभिन्न जनप्रिय कार्यक्रम तयार गरी बजेट ल्याउने तयारी सरकारले गरिरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । शिक्षा र पूर्वाधार विकास गरी कूल ६ वटा क्षेत्रमा सरकारको जनप्रिय कार्यक्रम सार्वजनिक हुँदैछ । प्रमाणपत्रलाई धरौटी राखेर बेरोजगारहरुलाई ऋण दिने समेत तयारी भएको छ ।
वि. सं २०५१ सालमा गठनभएको मनमोहन अधिकारीको नौ महिने सरकारको पालामा एमाले सरकारले ल्याएको वृद्धभत्ता तथा ‘आफ्नो गाउँ आफैं बनाऊ’ अभियानले एमालेप्रति जनताको अझै पनि विश्वास गर्ने आधार बनिरहेको छ। यो वर्ष यो सरकारले ल्याउन लागेको यस्तो जनप्रिय बजेटले पनि नेकपा एमालेलाई जनताको माझमा लोकप्रिय बनाउने बताइएको छ ।
उत यो वर्षको बजेटले उत्तरी नाका जोड्ने सडकको लागि पनि विशेष प्राथमिकतामा राखेको छ । चीनसगको सम्बन्धलाई प्राथमिक्तामा राख्दै सडकहरूमा केरूङ–स्याप्रुबेसी–वेत्रावती–गल्छी सडक, अरनिको राजमार्ग, कोशी करिडोर अन्तर्गतको किमाथाङ्का–जोगवनी सडकखण्ड, कोरल्ला–बेलहिया ९सुनौली० सडक र हिल्सा–कर्णाली राजमार्गलाई उच्च प्राथमिकतामा पारिएको अर्थ जनाएको छ । भत्ता, आफ्नो गाउँ आफै बनाउँ जस्ता कार्यक्रममा धेरै नै खर्च गर्ने गरी तयारी गरेको बुझीएको छ।


0 comments
Write Down Your Responses