कतै तपाइको छोरी बुहारीले गर्भपतन गरेको त छैन किन बढ्दैछ त गर्भपतनको समस्या कसरी गरिन्छ पुरा पढ्नुस
विश्वमा हरेक वर्ष गर्भधारण गर्ने महिलाहरु मध्ये हरेक चार जनामा एक जना महिलाको गर्भ पतन हुनेे गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ५ करोड ६० लाख महिलाले जानीबुझी नै गर्भपतनको निर्णय गर्ने गरेका छन् । यो संख्या यसअघिको अनुमान भन्दा निकै बढि हो ।
शोधकर्ताहरुका अनुसार गर्भपतनको स्थितिमा कतिपय धनी देशहरुमा सुधार आएको भएपनि गरीबीग्रस्त इलाकाहरुमा पछिल्लो १५ वर्षमा गर्भपतनको समस्यामा कुनै सुधार आएको छैन ।
सन् १९९० देखि १९९४ को बीचमा हरेक वर्ष ५ कोड गर्भपतन भएकोमा सन् २०१० देखि २०१४ मा यो संख्या बढेर हरेक वर्ष ५ करोड ६० लाख महिलाको गर्भपतन भएको छ ।
कतिपय विकशित देशमा पनि गर्भपातको समस्या बढेको देखिएको छ । जनसख्या वृद्धिदर तथा सानो परिवारको इच्छा जस्ता कारणले विकशित देशमा गर्भपतन बढाएको अनुमान गरिएको छ । पश्चिमी युरोपमा गर्भपतनको समस्या बढेको पाइएको छ ।
पूर्वी युरोपबाट महिलाहरुको पलायनलाई यसको कारक तत्व मानिएको छ । त्यसका साथै गर्भनिरोधक सामाग्रीहरुको अभाव र गर्भपतनको दर अधिक भएका देशहरुबाट बसाइ सरेर आएका जस्ता कारणले पनि ती देशहरुमा गर्भपतन बढिरहेको छ ।
शोधकर्ताहरुका अनुसार गर्भपतनलाई कानूनी मान्यता दिएका र गैरकानूनी करार गरेका सबै देशमा गर्भपतनको दर समान देखिएको छ ।
त्यसैले गर्भपतनमा प्रतिबन्ध लगाउँदैमा गर्भपतन नरोकिने र मानिसहरुले उल्टै गर्भपतनका लागि गैरकानूनी र असुरक्षित तरिका अपनाउने गरेको शोधकर्ताहरुको ठम्याइ छ ।
विश्व स्वास्थ्य संगठनका डाक्टर बेला गनात्रा भन्छन्ः
गर्भपतनको दर उच्च रहनु यो कुराको सबूत हो की हामीहरुले महिलाहरुसम्म प्रभावकारी गर्भनिरोधक सेवा पूराउनु आवश्यक छ ।
तर अध्ययनले केवल गर्भनिरोधक सामाग्री सर्वसुलभ बनाउँदैमा मात्र गर्भपतन नरोकिने देखाएको छ ।
गर्भनिरोधक सामाग्रीको सहज पहुँ भएका कतिपय महिलाहरुले त्यस्ता साधनको साइड इफेक्टका कारण आफुले गर्भनिरोधकको प्रयोग गर्ने नगरेको बताएका छन् ।


0 comments
Write Down Your Responses