सालनाल सहितको बच्चा खोलाले बगाएर ल्याएको हल्ला चलेपछि प्रहरीले ठूलै मेहनत लगाएर मान्छेको बच्चा खोज्दा यसरी बाँदरको बच्चा भेटियो हेर्नुस भिडियो सहित
काठमाडौँः राजधानीको बानेश्वर क्याम्पस अगाडीको पुल नजिकै मानिसको सालनाल सहितको बच्चा बाग्मती खोलाले बगाएर ल्याएको हल्ला चलेपछि प्रहरीले ठूलै मेहनत लगाएर खोज्दा बाँदरको बच्चा फेला परेको छ ।
शुक्रबार साँझ प्रहरी र स्थानीय बासिन्दाले ठूलै मेहनत गरेर नदिमै पसेर खोज्दा मृत बाँदर फेला परेको हो । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायण चिमोरियाले सुरुमा मान्छेको बच्चा बगाउँंदै ल्याएको हल्ला चलेपछि खोज्दा मरेको बाँदर फेला परेको जानकारी दिए ।
उनले भने,‘ मान्छेको बच्चा भनेको त बाँदर पो फेलापर्यो।’ झण्डै आधा घण्टा लगाएर प्रहरी र स्थानीयले खोलाभित्र पसेर खोजतलास गरेका थिए ।


0 comments
Write Down Your Responses