सेक्स जबरजस्ती होइन चियाले यसरी सिकाउँछ हेर्नुस भिडियो सहित

एजेन्सी । एउटा साह्रै सजिलो काम छ, जो हरेक दिन गरिन्छ । त्यो हो चिया बनाउनु र पिउनु । अझ अरुलाई चिया पिलाउनु खुशीकै रुपमा लिइन्छ । कहिलेकाहिँ चियामा चर्चा हुन्छ भने कहिलेकाहिँ अन्य चर्चा गर्न पनि चिया पिइन्छ । 
यसपल्ट पनि चियाको चर्चा विश्वभर भइरहेको छ किनभने चियाको तुलना यौनसँग जो गरिएको छ । हो त, अचम्म त लाग्यो होला नै । त्यो पनि कसले गर्यो थाहा छ ? बेलायतको प्रहरी प्रशासनले । अक्सर यौनहिंसासँग जोडिएको मुद्दामामलामा सहमति वा राजीखुशी भन्ने कुरालाई उलंघन गरिएको हुन्छ, त्यो चाहे श्रीमतिसँग किन नहोस् वा गर्लफ्रेन्ड । 
बाहिर गरिने जवर्जस्ति करणी त ठूलै अपराध भइगयो । सहमतिबिनै गरिएको शाररिक सम्बन्ध हिंसा हो भनेर जसले जति सम्झाए पनि पुरुष मान्नेवाला कहाँ छन् र ? किनभने यसैलाई त पुरुषार्थ ठानेका छन् उनीहरुले । उनीहरुलाई के भ्रम हुन्छ भने गर्लफ्रेन्ड वा श्रीमतीसँग यौन सम्बन्ध अलि जोडबल गरेरै राख्नुपर्ने हुन्छ । श्रीमती वा गर्लफ्रेन्ड भएपनि यौन सम्बन्ध राख्नुअघि उनीहरुसँग सहमति लिइनु कति जरुरी हुन्छ भन्ने सम्झाउन प्रहरीले बनायो एउटा भिडियो ।
 तुलना गरियो चियासँग । भएन त अचम्म ! जहाँ बताइएको छ, जसरी चिया जबर्जस्ति खुवाइदैन, त्यसैगरी यौन सम्बन्ध पनि जर्बजस्ति राख्ने कुरा होइन । हो, जब केही कुरा जर्बजस्ति गरिन्छ, त्यो अपराध हो ।

, , ,

0 comments

Write Down Your Responses