चीनबाट आयो खुसीको खबर काठमाडौंका लागि छुटेको रेल केरुङ आइपुग्यो हेर्नुहोस फोटो फिचर सहित

काठमाडौं, ५ जेठ । उत्तरी छिमेकी चीनबाट काठमाडौंका लागि छुटेको रेल पाँच दिनमै तिब्बतको सिगात्से आइपुगेको छ । नेपालका लागि चाँहिने सामानहरु बोकेर आएको रेलले ल्याएका कार्गाे कन्टेनर त्यहाँको जिलोङ पोर्ट केरुङमा झारिएको छ । 
त्यहाँ झारिएका कन्टेनरलाई नेपाली ट्रकमार्फत काठमाडौं ल्याउन लागिएको छ ।रेलबाट ल्याइएका सामग्रीहरु नेपाली ट्रकले लोड गरिरहेको तस्वीरहरु चीनको प्रसिद्ध पत्रिका पिपुल डेली चाइनाले सार्वजनिक गरेको छ । यसअघि यी सामग्रीहरु चीनबाट भारत जान्थे र त्यहाँबाट ४५ दिनमा नेपालको राजधानी काठमाडौं आइपुग्थे । अब चीनले उत्तरपश्चिम गान्सु प्रान्तको राजधानी लान्झाउबाट नेपालका लागि भनेर लान्झाउ, सिगात्से, काठमाडौं अन्तर्राष्ट्रिय रेल सेवा सुरु गरेको छ । 
वैशाख ३० गते लान्झाउबाट झुटेको रेल मंगलबार (हिजो) विहानै सिगात्से आइपुगेको चिनियाँ पत्रिकाको समाचारमा उल्लेख छ । यो रेलले ल्याएका सामग्रीहरु अब १० दिनमै सिधै काठमाडौं आइपुग्नेछन् ।हालै सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले चीनसँग पारवाहन सम्झौता गरेको थियो । सोही सम्झौतामा टेकेर चीनले नेपालका लागि रेल पठाइदिएको हो । प्रधानमन्त्री ओलीले केरुङदेखि काठमाडौं जोड्ने रेलमार्ग बनाउने घोषणा गरिसकेका छन् ।
 यो मार्ग बनेपछि चिनियाँ रेल सिगात्सेदेखि केरुङ हुँदै काठमाडौं सिधै काठमाडौं आउनेछ ।चाइना रेल्वे कन्टेनर कर्पाेरेशनका अनुसार लान्झाउबाट हिडेको चिनियाँ रेलले सिगात्सेसम्म पुग्न २४३१ किलोमिटर पार गर्नुपर्छ । 
त्यहाँबाट सडक मार्गमार्फत ५६४ किलोमिटरको यात्रा पुरा गरेर उक्त सामग्रीलाई जिलोङ पोर्ट (केरुङ)सम्म ल्याइनेछ । त्यहाँबाट नेपाली कन्टेनरले १६० किलोमिटर पार गरेर काठमाडौं ल्याउनेछन् । यो रेलले ४३ वटा डिब्बा र ८६ वटा कार्गाे कन्टेनरमा सामग्री बोक्छ । कन्टेनरले दैनिक उपभोग्य, हार्डवेयर, प्रविधि लगायत विभिन्न सागम्री बोक्ने चाइना रेल्वे कन्टेनर कर्पाेरेशनले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses