किन मनीषाले पाँच बजे प्रोफाइल फोटोपरिवर्तन गरिन् पुरा पढ्नुस

काठमाडौं, १५ जेठ । फुटबलर विमल घर्तीमगरकी बहिनी मनीषाको मोबाइल तथा फेसबुकमा केन्द्रित भएर प्रहरीले उनको मृत्युको अनुसन्धान अघि बढाएको छ । फेसबुक तथा म्यासेजकै विषयमा प्रेमी आशिष चौधरीसँग विवाद हुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
 नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । उनका प्रेमी चौधरीलाई नवलपरासी प्रहरीले हिरासतमा ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । मनीषासँग आफ्नो झगडा भएको तर हत्या नगरेको उनले दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी अर्जुन रानाभाटका अनुसार मनीषा झुन्डिएको र आफूले उनलाई उठाएर खाटमा राख्दा मृत्यु भएको बताएका छन् । 
शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । दुई दिनपछि मृत्युको कारणबारे रिपोर्ट आउने अस्पतालले जनाएको छ । आत्महत्या वा हत्याबारे उक्त रिपोर्टपछि थप प्रस्ट हुने नवलपरासीका एसपी राजेन्द्र चौधरीले बताए। घरमा एक्लै छाड्दा मृत्यु बुटवल पुगेकी उनकी आमा बुधबार बिहान साढे ५ बजे घर फर्किइन् । घरमा छोरी मनीषा एक्लै थिइन् ।
 सीधै उनी छोरीको कोठामा पुगिन् । मनीषाको टाउको खाटमा थियो भने खुट्टा टी टेबलमा थियो । उनले उठाउन खोजिन् । तर, उठिनन् । हात समाउँदा चिसो भइसकेको थियो । छोरीको मृत्यु भएको ठानेर उनले गाउँलेलाई बोलाइन् । गाउँलेले प्रहरीलाई खबर गरेपछि करिब ७ बजे प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मनीषाले अन्य व्यक्तिहरूसँग फेसबुकमा कुरा गरेको विषयमा झगडा भएको देखिन्छ ।
 अरूसँग कुरा गरेको शंकामा चौधरीले मोबाइलको पासवर्ड मागेका थिए । तर, मनीषाले दिएकी थिइनन् । सोही विषयलाई उनीहरूबीच कुटाकुटसमेत भएको थियो । झगडापछि आफू घरबाहिर बरन्डामा आएको र केही समयपछि भित्र जाँदा मनीषालाई झुन्डिएको अवस्थामा फेला पारेको उनले बताएका छन् । मनीषाले बुधबार दिउँसो करिब ५ बजे मात्र फेसबुक प्रोफाइल फोटो परिवर्तन गरेकी थिइन् ।
 जसमा विमलले ‘ब्युटीफुल, मिस यू सिस’ भन्दै कमेन्ट गरेका थिए । चौधरीको भनाइमा विश्वास गर्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन् । चौधरी फुटबलर विमलका पनि साथी हुन् । एसएसलीमा फेल भएपछि उनी त्यतिकै घरमा बस्दै आएका थिए । मनीषा भने ११ कक्षामा पढ्दै आएकी थिइन् । मोबाइल र फेसबुककै विषयमा लिएर भएको झगडाका कारण मृत्यु भएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । 
मनीषाले आत्महत्या नै गरेको भए पनि चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने प्रहरीको भनाइ छ । गिफ्ट फर्काउने कुरा भएको थियो – आशिष चौधरी, मनीषाका प्रेमी मैले एक बोतल बियर खाएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकमा घरमै गएको हुँ । दिउँसो पनि गएको थिएँ । बेलुका पनि गएँ । कुराकानी हुँदै गर्दा मोबाइल र फेसबुकको विषयलाई लिएर ऊसँग झगडा भयो । उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ । 
मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो । म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसेँ । मलाई पनि रिस उठेको थियो । एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् । मैले उठाएर खाटमा राख्दा उसको मृत्यु भइसकेको छ । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताएँ ।

, , , ,

1 comments

Yati Sano kura ma manishale aatmahhatya garna sakdaina Jasle thappad samma Hanna sak6 vane malai lagdai uni yati chhito har manne wala tesaile khi ta 6 jasle manisalai marna badhya banya....keep hard investigation for this case

Write Down Your Responses