क्यानडाले २२ जना नेपालीलाई यसरी कालोसूचीमा राख्यो हेर्नुहोस नामसहित
काठमाडौं, १७ जठ । क्यानडाको सरकारले २२ जना नेपालीको नाम कालोसूचीमा राखेको छ ।
एनआरएन क्यानडा सामाजिक, परोपकारी संस्थाका रुपमा दर्ता गरेर क्यानडाको कानुनविरुद्ध गएकाले कालोसूची निकालेको हो ।
तरुण साप्ताहिकले समाचार छापेको छ ।
संस्था दर्ता गरेको, तर प्रचलित कानुनअनुसार वार्षिक हिसाब–किताब नदेखाएको, संस्थाको रकम धेरै उल्लेख गरेको, तर त्यसअनुसार कर सार्वजनिक नगरेको र नदेखाएको भन्दै एनआरएन क्यानडाका २२ जना नेपाली कालोसूचीमा परेका हुन् ।
क्यानडा सरकारले जारी गरेको सूचनामा हेमन्तराज मैनाली, तुला भट्टचन, प्रमिला बस्नेत, नारायण पोख्रेल, बाबुराम भण्डारी, सुमन लम्साल, शान्ता राजभण्डारी, दुर्गा शर्मा, प्रकाश अधिकारी, रामचन्द्र बोगटी, सूर्यप्रकाश भट्टराई, कृष्ण भण्डारी, अनिलकुमार श्रेष्ठ, गोपाल भण्डारी, तुल्सीप्रसाद सापकोटा, हेमन्तमोहन थापा, दीपककुमार श्रेष्ठ, चन्द्र अधिकारी, देवेनद्रहरि सुवेदी, सुरेन उप्रेती, लक्ष्मी पाठक र बिभु ओझालाई कालोसूचीमा राखेको उल्लेख छ ।


0 comments
Write Down Your Responses