सिंहदरबार घेर्ने क्रममा मधेसवादी दलको राजधानी केन्द्रीत नयाँ आन्दोलनले भारत खुसी ? नेपाल सरकारमाथि अप्ठेरो आइलागेको दाबी हेर्नुस भिडियो सहित

काठमाडौं, २ जेठ । मधेसवादी दलको नयाँ आन्दोलनबाट भारत खुसी भएको संकेत दिल्लीबाट आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि भारतकै सहयोग आन्दोलन गरेपनि माग पुरा नभएको अवस्थामा अहिले राजधानीमै फेरि नयाँ आन्दोलन गर्ने मधेसवादी दलको तयारीपछि भारत खुसी भएको हो । नयाँ आन्दोलनमा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार घेर्ने कार्यक्रमले नेपाल सरकार प्रत्यक्ष रुपमा अप्ठेरोमा पर्ने दिल्लीको बुझाई रहेको भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ ।
 समाचारमा मधेसवादी दलको नयाँ आन्दोलनले नेपाल सरकारको अप्ठेरो बढेको उल्लेख छ । यसअघि आफ्नो माग पुरा गराउन मधेसवादी दलको आन्दोलनमा साथ दिई पाँच महिनासम्म भारतले अघोषित नाकाबन्दी लगाएपनि केपी शर्मा ओली नेतृत्वको सरकारको अडानका कारण आन्दोलन सफल हुन सकेको थिएन् । तर, अहिले भने सिंहदरबार घेर्ने लगायतको नयाँ आन्दोलनबाट असर पर्ने र सरकार माग पुरा गर्न बाध्य हुने विश्लेषण दिल्लीबाट भएको संकेत समाचारमा गरिएको छ । 
यो आन्दोलनमा पनि भारतको सहयोग रहेको कुरा केही दिनअघि समाचारमै आएको थियो । नेपालस्थित भारतीय राजदूतावासका कर्मचारी विरामीलाई सहयोग गर्ने बहानामा तराई गएर मधेसवादी दलका नेतालाई सशक्त रुपमा आन्दोलन गर्न दबाब दिएका थिए ।
 जून समाचारमा आएपछि भारतले आफ्नो बचाउँ समेत गरेको थियो । भारतीय पत्रिकाको समाचारमा मधेसवादी दलहरुले ७ प्रदेशको संघीय ढाँचामा पुनर्सीमांकन र संविधान खारेजी गरी पुनर्लेखनको माग राख्दै राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको उल्लेख छ । उसले आन्दोलन सफल हुने दाबी मधेसवादी दलका नेताले गरेको जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses