सुत्केरी श्रीमतीको शल्यक्रिया गर्ने यी पुरुष डाक्टरमाथि यस्तो पतिद्वारा गोली प्रहार हेर्नुस भिडियो सहित

साउदी – साउदीमा एक व्यक्तीले आफ्नी श्रीमती सुत्केरी हुदाँ शल्यक्रियमा संलग्न रहेका चिकित्सकलाई गोली प्रहार गरेका छन् । श्रीमती सुत्केरी पुरुष डाक्टरको उपस्थिति आवश्यक नरहेको भन्दै उनले गोली प्रहार गरेका हुन् । 
 यसअघि साउदीको राजधानी रियादस्थित किङ फहाद मेडिकल सिटीमा उनकी श्रीमतीले बच्चालाई जन्म दिएकी थिइन् । श्रीमती सुत्केरी भएसँगै उनका श्रीमान् अस्पताल पुगे र उनले डाक्टर मुहानद अल जब्नलाई भेटे । उनले डाक्टरलाई धन्यवाद दिने भन्दै भेट मागेका थिए । त्यसपछि उनले बगैँचामा डाक्टरसँग भेटे र कपडामा लुकाइराखेको बन्दूक झिकेर उनीमाथि प्रहार गरे । ‘सुत्केरी महिलाका श्रीमान् डाक्टरलाई भेट्न भनेर आएका थिए । 
तर उनले उल्टै गोली प्रहार गरेर डाक्टरको हत्या प्रहार गरे ।’– अस्पतालका प्रवक्तालाई उद्धृत गर्दै अल अरबी समाचारपत्रले लेखेको छ । यस प्रकरणपछि प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्दै घटनाको छानविन जारी राखेको छ । साउदीको कानूनले लैङिक असमानतालाई रक्षा गर्छ । त्यहाँ महिलाहरुलाई पूरुषहरुले छुन पाउँदैनन् । 
 सन् २०१४ मा रियालको एक चर्चित विश्वविद्यालयमा एक महिला विद्यार्थी हृदयघातको शिकार भएकी थिइन् । त्यतिबेला पूरुष डाक्टरहरु त्यहाँ उपस्थित थिए । तर उनीहरुले कानूनी जटिलताका कारण महिलालाई उपचार गर्न पाएनन् र ति महिलाको निधन भयो ।

, , ,

0 comments

Write Down Your Responses