बन्दको पूर्वसन्धाको माओवादीकोे यस्तो मसाल जुलुस ठाउँठाउँमा नेता तथा कार्यकर्ता पक्राउ पुरा पढ्नुहोस

बुटवल –नेकपा माओवादीले आफ्ना नेता कार्यकर्ता रिहाईको माग राख्दै जेष्ठ २७ गते आव्हान गरेको एक दिने नेपाल बन्दको पूर्वसन्धामा देशव्यापी मसाल जुलुस प्रर्दशन गरेको छ । उपत्यका लगायत केही ठाउँमा मोटरसाईकल ¥याली, कोणसभा लगायतका कार्यक्रमसमेत गरेको छ ।यता लुम्बिनीमा पनि ६ बटै जिल्लामा मसाल जुलुस प्रर्दशन गरिएको छ ।
 रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीका मुख्य मुख्य सहरहरुमा केन्द्रित भई पर्चा पम्पेल सहित मसाल जुलुस गरिएको थियो । जुलुस प्रर्दशनको क्रममा रुपन्देहीको बुटवलमा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’ले राष्ट्रियता र स्वाधिनताको लागी लड्दै गर्दा सरकारले आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउने खेल भैरहेको भन्दै विनार्सत रिहा नगरिएमा आफूहरुले कडा भन्दा कडा आन्दोलन गर्ने बताए । 
 यता मसाल जुलुसको क्रममा रुपन्देहीका जिल्ला सदस्य राजेश बुढालाई प्रहरीले गिरफ्तार गरेको छ भने मसाललाई नियन्त्रण गर्न गरिएको लाठीचार्जको क्रममा झण्डै एक दर्जन कार्यकर्ता सामान्य घाईते भएका छन् ।

, ,

0 comments

Write Down Your Responses