बिमलले रुँदै भने देशका लागि लडेँ अब म बहिनीका लागि लड्छु हेर्नुस भिडियो सहित
काठमाडौं: बहिनीको बियोगबाट विवह्वल भएका नेपाली फुटबलर बिमल घर्तीमगरले आफूले देशका लागि योगदान दिए पनि सरकारले सुरक्षाको कुनै प्रत्याभूति नगराएको बताएका छन् ।
उनले आफ्नो फेसबुकको फ्यान पेजमा एक स्टाटस लेख्दै देशकै लागि लडेको आफ्नो बुबालाई पनि गुमाएको त्यसको पीडा भुल्न लाग्दा बहिनी गुमाएर थप पीडित भएको उल्लेख गरेका छन् ।
उनी निराश हुँदै देशका लागि जति गरेपनि देशले आफ्ना लागि केही नगरेको भन्दै बिमलले गुनासो पोखेका छन् ।
बहिनी मनिषालाई श्रद्धाञ्जलि अर्पण गर्दै बिमलले लेखेका छन्–‘सानो छँदा बाबु गुमाए । बाबु पनि देशको लागि लड्नुहुन्थ्यो । विस्तारै त्यो पीडा भुलाउँदै जाँदा आज १० वर्ष भएको थियो । मेरो परिवारमा अर्को पीडा थपियो । बाबुले पनि देशका लागि कति गर्नुभयो ।
अनि मैले पनि देशको लागि कति गरे तर, मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशका लागि गरेर के काम ? देशका लागि गर्ने एउटा मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा । मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने यो देशका लागि के गर्नु ? आज रोहिरहेको छु । भोलि अरु कोही रोइरहेको होला । मलाई सबैको साथ चाहिएको छ । देशको लागि लडेँ अब बहिनीका लागि लड्छु ।'
बिमलकी बहिनी मनिषा गत जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ स्थित आफुनै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।


0 comments
Write Down Your Responses