अब रहेनन वरिष्ठ संगीतकार गरुङ पुरा पढ्नुहोस

काठमाडौं, २५ जेठ । राष्ट्रिय गीतमा समेत संगीत दिएका वरिष्ठ संगीतकार अम्बर गुरुङको आज बिहान निधन भएको छ । ७९ वर्षीय गुरुङको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको आफन्तले जनाएका मछन् । 
खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । दार्जिलिङको लालढिकीमा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट वि‍क्रम संवत १९९४ मा गुरुङको जन्म भएको थियो । गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।
 गुरुङले नेपाली राष्ट्रिय गान ‘सयौं फूलका थुङ्गा हामी एउटै माला नेपाली’मा समेत संगीत दिएका छन् । तीन छोरा र एक छोरीका पीता गुरुङले आईए‍ सम्मको अध्ययन गरेका छन् । गुरुङले ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक भएर काम गरेका थिए । गायन तथा संगीत सुरुवात विक्रम संवत २०१६ माघ कलकत्ताबाट दुई गीत गीत लेखन प्रारम्भ गरेका हुन् ।
 संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीको ‘नौ लाख तारा उदाए’ बोलको गीत रेकर्ड गराएका थिए स्रोत दैनिक नेपाल .कम

, , ,

0 comments

Write Down Your Responses