जहाँ बिहे गर्न पुरुष नै पाउँदैनन यहाँका महिला पुरा पढ्नुस थाहापाई राख्नुस
लोग्ने भन्दा पनि बच्चा चाहिएको हो । तर बच्चा चाहिन पनि लोग्ने चाहियो नि, अब केटो मान्छेकै अकाल छ, कहाँबाट पाउनु मैले लोग्ने ?”
यो भनाई हो एकजना सिरियाली महिलाको । बिहाका लागि केटा नै नपाइने, पाएमा पनि बुढो मान्छे मात्रै भेटिने नियती भोग्दैछन् उनीहरु ।
डेलिमेलमा प्रकाशित विशेष रिपोर्ट अनुसार, सिरियामा युद्दका कारण सबैभन्दा ठूलो पीडा महिलाहरुले झेल्नुपरेको छ । अधिकांश युवाहरु युद्दमा संलग्न, विस्थापित र मृत्यु भएको कारण त्यहाँ ७० प्रतिशत भन्दा बढी युवतीहरु अविवाहित रहेका छन् ।
युद्दले सिरियाली परिवार र समाजलाई तहसनहस बनाएको रिपोर्टमा उल्लेख छ ।
३२ वर्षकी सुख्रान अहिलेसम्म अविवाहित छिन् । उनका अधिकांश पुरुष साथीहरु या त मरिसकेका छन्, या जेलमा छन या निर्वासित भएका छन् ।
संसारका सबै युवतीको चाहना हुन्छ राम्रो पुरुष खोज्ने । आफूलाई बुझ्ने, माया गर्ने ? तर यो अवस्था उनीहरुको भने छैन । “मिष्टर राइट (असल मान्छे) खोज्नु निकै गारो छ यहाँ” सुख्रानले भनिन् ।
बरु उनीहरुका लागि बुढाहरुको प्रस्ताव समेत स्वीकानुपर्ने बाध्यता छ । कतिपय बालिकाहरुको बिहा बुढा पुरुषहरुसँग गरिएको छ ।
एकातिर जैविकीय आवश्यकता अर्कोतर्फ कसै न कसैको सहारा चाहिने बाध्यताले गर्दा दोश्रो पत्नीका रुपमा भित्रिनुपर्ने अवस्था छ । डेलिमेलका पत्रकारल लेखेका छन्– दमाकसमा मैले भेटेका प्रायः सबै महिलाको यही नियती थियो ।
सिरिया चरम गृहयुद्धमा परेको मुलुक हो । गृहयुद्धका कारण लाखौं सिरियालीहरु विस्थापित भएका छन् । महिलाहरुमाथि यौनहिंसा त्यही अनुपातमा बढेको छ ।


0 comments
Write Down Your Responses