हेर्नुहोस मलेसियामा एकैदिनमा १६ जना नेपाली पक्राउ

मलेसियाः मलेसिया सरकारले गैरकानुनी हैसियतका आप्रवासी कामदारमाथिको धरपकडलाई तीब्र बनाएको छ । सोमबार मात्रै राजधानी क्वालालम्पुरबाट १६ जना नेपाली कामदार पक्राउ परेका छन् । क्वालालम्पुरको व्यस्त बिग मार्केटबाट १२ जना र मेनरा मेधाभवनबाट चारजना नेपाली पक्राउ परेका हुन् । मलेसियाको अध्यागमनले सो क्षेत्रमा गैरकानुनी हैैसियतका आप्रवासी कामदारविरुद्ध पक्राउ अपरेशन नै चलाएको अध्यागमन विभागले जनाएको छ ।
 पक्राउ परेका नेपालीबारेमा मलेसिया सरकारले थप खुलाएको छैन । नेपालीसहित भारतीय, बंगलादेशी, पाकिस्तानी, भियतनामी, इन्डोनेसियन, फिलिपीनी र म्यानमारका गैरकानुनी हैैसियतका कामदारलाई अध्यागमनले पक्राउ गरेको हो । मलेसियामा रोजगारीमा आएका नेपालीमध्ये राम्रो काम र सुविधा नपाउनेहरु अवैधानिक बन्ने गरेका छन् । म्यानपावरले भने जस्तो काम र दाम नपाएपछि अवैधानिक भएर काम गर्दै आएको अबैधानिक नेपाली युवाहरुको भनाइ छ । पक्राउ परेकालाई तीन महिना जेल र थप समय डिटेन्सन क्याम्पमा राखिनेको छ ।
 मलेसियाका जेलमा रहेका नेपालीलाई यहाँस्थित नेपाली दूतावासले विभिन्न संस्थाको सहयोगमा हवाई टिकट उपलव्ध गराउँदै आएको छ । हालसम्म नेपाली दूतावासबाट हवाई टिकट पाएर पाँच सय २९ जना नेपाली नेपाल फर्र्किएका छन् । यहाँ कार्यरत गैरकानुनी हैसियतका अप्रवासी कामदारलाई लक्षित गरी मलेसिया सरकारले वैधानिक बन्ने ‘रिहाइरिङ्ग’ कार्यक्रम सन्चालन गरिरहेकै समयमा अपरेशनमार्फत ठूलो संख्यामा अप्रवासी कामदार पक्राउ गरिएको हो ।
 यहाँको सरकारले गैरकानुनी हैसियतका अप्रवासीलाई घर फर्किने अवसरसमेत दिएको छ । गैरकानुनी हैसियतका आप्रवासीलाई शून्यमा झार्ने नीतिअन्तरगत मलेसिया सरकारले धरपकडलाई समेत निरन्तरता दिएको छ ।

, ,

0 comments

Write Down Your Responses