गमलामा धान रोप्नुअघि कृषिमन्त्रीले यसरी भने धान दिवसका दिनमा पनि पानसमा बत्ती बालेर हुन्छ ? पुरा पढ्नुस
काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्र खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको चार महिनापछि कृषिमन्त्री हरिबोल गजुरेलले बुधबार १३औा राष्ट्रिय धान दिवस गमलामा रोपाइँ गरेर मनाए ।
खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को सभाहलमा आफ्नै मन्त्रालयले आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा मन्त्री गजुरेल प्रमुख अथिति थिए ।
पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्ने पूर्वतयारी थियो ।
तर, गजुरेलले मानेनन् । ‘राष्ट्रिय धान दिवसका दिन पनि पानसमा बत्ती बालेर उद्घाटन हुन्छ रु, धान रोपेर गर्नुपर्छ’, मन्त्रीले नै यसो भनेपछि मातहतका कर्मचारीले हतार हतारमा गमला र धानको बिउ खोजेर ल्याए ।
सेतो फुलबुट्टे गलैचामाथि गमला राखियो । कर्मचारीले करुवाबाट पानी खन्याएर मन्त्रीलाई गमला हिल्याउन सघाए, अर्का कर्मचारीले धानको बिउ दिएपछि मन्त्रीले छुपुछुपु रोपे ।
सहकर्मी मन्त्रीले रोपाई गरेपछि मन्चकै रहेकी पशुपन्छीमन्त्रीले शान्ता मानवीले ताली पड्काइन ।
प्रधानमन्त्री ओलीले गत २८ फागुनमा दुई बर्षभित्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरेका थिए । नेपाल–जापान सोसाइटीले गरेको कार्यक्रममा उनले भनेका थिए, ‘कृषिप्रधान देश भएर पनि नेपाल खाद्यान्नमा आत्मनिर्भर छैन, नेपाललाई दुई वर्षभित्रमा खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा हामी लागेका छौा ।’ तर, धानखेती गर्ने क्षेत्रफल र उत्पादन भने घट्दै गएको छ, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
.


0 comments
Write Down Your Responses