बालुवाटारको सडकमै यसरी सुते सहकारी पीडित
२० जेठ, काठमाडौं । सुधीर बस्नेतको ओरियन्टल सहकारीबाट पीडित बनेकाहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् ।
उनीहरुले वीच सडकमै सुतेर प्रदर्शन गरेका छन् ।
सहकारीबाट पीडित भएको बताउने उनीहरुले बस्नेतमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।
‘हामी सुधीर बस्नेतको सहकारीबाट पीडित भएका छौं, ठगी गरेर फरार भएका बस्नेत सरकारी हाकिमलाई भेट्दै मन्त्रालयमा निवेदन दिएर हिँडेका छन्’ ओरियन्टल पीडित कुन्ती पोखरेलले अनलाइनखबरसँग भनिन् ।


0 comments
Write Down Your Responses